• २१ असार २०८२, शनिबार

दाङ जिल्ला आइटिएफ तेक्वान्दो सङ्घमा पुन: थापा

blog

दाङ जिल्ला आइटिएफ तेक्वान्दो सङ्घको नवनिर्वाचित कार्यसमिति । तस्बिर : गोरखापत्र

लीलाधर वली 

घोराही, असार २१ गते । दाङ जिल्ला आईटिएफ तेक्वान्दो सङ्घको अध्यक्षमा पुनः भीमबहादुर थापा चयन हुनुभएको छ । 

दाङ जिल्ला आईटिएफ तेक्वान्दो सङ्घको शनिबार घोराहीमा भएको बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसहमत थापाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । 

सङ्घको उपाध्यक्षमा आकाश विश्वकर्मा, सचिवमा लीलाधर बस्नेत, कोषाध्यक्षमा दीपिका गिरी सर्वसहमत चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा अर्जुन घिमिरे, कृष्ण थापा, कृष्ण रोकामगर, सञ्चिता पुन, सन्तोष बुढामगर, अर्जुन नेपाली, हेमन्त थापा, श्रीधर गिरी र राम पुनमगर रहनुभएको छ । 

सङ्घका अध्यक्ष भीमबहादुर थापाको अध्यक्षता तथा लुम्बिनी प्रदेश आइटिएफ तेक्वान्दो संघका अध्यक्ष रितमान कामु मगरको प्रमुख आतिथ्यता एवं दाङ जिल्ला खेलकुद विकास समिति कार्यालयका प्रमुख राकेश परियारको विशिष्ट अतिथ्यतामा भएको अधिवेशनमा बोल्ने बक्ताहरुले जिल्लामा आईटिएफ तेक्वान्दो खेलको विकाससँगै खेलाडीको क्षमता विकासका लागि सङ्घले महत्वपूर्ण कार्य गर्दै आएको बताउनुभएको थियो । 

अधिवेशनको उद्घाटन कार्यक्रममा दाङ आइटिएफ तेक्वान्दो  सङ्घका संस्थापक अध्यक्ष एवं संरक्षक प्रेम बुढा मगर, लुम्बिनी प्रदेश आइटिएफका सचिव तथा प्रमुख प्रशिक्षक बिन्दुप्रसाद चौधरी, प्रदेश सदस्य कैलाश अर्याललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।