• २० जेठ २०८२, मङ्गलबार

माछा मार्न गएका पुरुषको मृत्यु

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, वैशाख ९ गते । सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार राति शारदा नदीमा करेन्ट लगाई माछा मार्न गएका एक पुरुषको मृत्यु भएको हो । माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर लडेका छत्रेश्वरी गाउँपालिका–७ का सन्तोष विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर पानीमा डुबेका विष्टको तत्काल उद्धार गरी जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी केशरकुमार न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ । 

गएराति सन्तोषसहित पाँच जना शङ्खमुलस्थित शङ्खपार्क नजिकैको शारदा नदीमा माछा मार्न गएका थिए । विष्टको मृत्युपछि उहाँका साथमा रहेका चार जनालाई इलाका प्रहरी कार्यालय लुहामले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । घटनाको अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ ।