• ११ वैशाख २०८२, बिहिबार

सुदिपको शव बुटवल ल्याइयो

blog

आतङ्कवादी हमलामा परेका सुदिप न्यौपाने ।

छविलाल पाण्डे 

बुटवल, वैशाख ११ गते । भारतको जम्मु कश्मीरमा आतङ्कवादी हमलामा परी मृत्यु भएका सुदिप न्यौपानेको शव बिहीबार बिहान बुटवल ल्याइएको छ । बुटवल उपमहानगरपालिका वडा नंं. ११ मा बसोबास गर्दै आएका २७ वर्षीय सुदिप न्यौपानेको आजै दाहसंस्कार गर्ने परिवारजनले जनाएका छन् । 

सुदिप सहित आमा, बहिनी र ज्वाइँको टोली चार दिनअघि शनिवार भारतको जम्मु काश्मीर घुम्न घरबाट भारततर्फ प्रस्थान गरेका थिए । बुटवल उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष तथा सुदिपका माइलो बुवा दधिराम न्यौपानेका अनुसार नयाँ दिल्लीबाट लखनउसम्म जहाजमा र त्यहाँबाट एम्बुलेन्समा सुदिपको शब बुटवलसम्म ल्याइएको हो । 

उहाँले सुदिपको आजै दाहसंस्कार गर्ने तयारी भइरहेको बताउनुभयो । 

जम्मू–कश्मीरस्थित पहलगाममा मङ्गलवार पर्यटकको समूहमाथि भएको आक्रमणमा सुदिप पनि परेका थिए ।