• ११ असार २०८२, बुधबार

बैतडीका नौ स्थानीयतहको बजेट सार्वजनिक

blog

बाशुलिङ्ग (बैतडी), असार ११ गते । बैतडी जिल्लाका नौ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गरेका छन् । जिल्लाको मेलौली नगरपालिका बाहेक अन्य नौ पालिकाहरूले आ–आफ्नो नगर तथा गाउँसभाबाट बजेट सार्वजनिक गरेका हुन् ।

मेलौली नगरपालिकाको नीति तथा कार्यक्रम भने वैशाखमै सार्वजनिक भए पनि बजेट अझै निर्माण हुन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत नारायण चन्दका अनुसार मेलौली नगरपालिकाले आगामी असार १८ गते बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । चालू आर्थिक वर्षका लागि करिब ५८ करोड रुपियाँ बराबरको बजेट अनुमान गरिएको छ ।

सार्वजनिक बजेट विवरण
पालिकाहरूले सार्वजनिक गरेका बजेट यस्तो छ :
दशरथचन्द नगरपालिका : ८८ करोड ३८ लाख ५० हजार ७१६ रुपियाँ
पाटन नगरपालिका : ६६ करोड ९३ लाख १७ हजार रुपियाँ
डिलाशैनी गाउँपालिका : ६५ करोड २३ लाख ८५ हजार रुपियाँ
पुर्चौडी नगरपालिका : ६४ करोड १२ लाख रुपियाँ
सिगास गाउँपालिका : ५५ करोड ९० लाख ७४ हजार १०९ रुपियाँ
दोगडाकेदार गाउँपालिका : ५२ करोड ६८ लाख ७४ हजार ६६४ रुपियाँ
सुर्नया गाउँपालिका : ४५ करोड २२ लाख १० हजार ५७ रुपियाँ
पञ्चेश्वर गाउँपालिका : ४२ करोड ८२ लाख ३० हजार ३३२ रुपियाँ
शिवनाथ गाउँपालिका : ३८ करोड ४८ लाख २७ हजार ४४५ रुपियाँ
कुल सार्वजनिक बजेट ४८० करोड ७८ लाख ७० हजार ३२३ रुपियाँ पुगेको छ ।

पालिकाहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन र पूर्वाधारलाई बजेटको प्राथमिकतामा राखेको जनाएका छन् ।

बजेट पारितको अवस्था

दशरथचन्द नगरपालिकाको बजेट सर्वसम्मत पारित भएको छ भने पाटन नगरपालिकाको बजेट बहुमतले पारित भएको छ । डिलाशैनी, सिगास, दोगडाकेदार, पुर्चाैडी, पञ्चेश्वर, शिवनाथ र सुर्नया गाउँपालिकामा पनि पालिका उपाध्यक्ष तथा नगरप्रमुखहरूले बजेट पेश गरी सभाबाट स्वीकृत गरिएको छ ।

मेलौली नगरपालिकाको बजेट निर्माण ढिलाइ

मेलौली नगरपालिकाले गत वैशाखमा नीति तथा कार्यक्रम सार्वजनिक गरे पनि बजेट भने अझै पारित हुन सकेको छैन । असार १७ गते बजेट सार्वजनिक गर्ने तयारी भइरहेको नगर प्रमुख प्रशासकीय अधिकृत नारायण चन्दले जानकारी दिनुभयो । आगामी वर्षका लागि करिब ५८ करोड रुपियाँको बजेट ल्याउने तयारी रहेको जनाइएको छ ।

पालिकाहरूले स्थानीय आवश्यकताअनुसार योजना तथा कार्यक्रम तर्जुमा गर्दै शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार तथा कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको जानकारी दिएका छन् ।