बुटवल समाचारदाता
बुटवल, वैशाख १६ गते । नेपाली लेखक सङ्घ रुपन्देहीको आयोजनामा लघुकथा र यसका आयाम विषयक एकदिने लघुकथा लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित गीर्वाण माविमा सम्पन्न कार्यक्रममा सङ्घका जिल्ला अध्यक्ष लीलाधर पाण्डेयले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै पाठक वा श्रोतामाझ तीव्र प्रभाव छाड्ने लघुकथा निकै लोकप्रिय हुँदै गइरहेकाले प्रशस्त अध्ययन र अभ्यास गरे मात्रै अब्बल कथा जन्मिने बताउनुभयो ।
साहित्यकार वनमाली निराकारले आफ्नो समाजमा घटित घटना विशेषलाई एकाकार गर्दै विषय, पात्र, संवाद, परिवेश, भाषाशैली र उद्देश्य वा सार तìवमा ध्यान दिएमा अब्बल लघुकथा लेख्न सकिने बताउनुभयो । प्रशिक्षणमा ३० जनाको सहभागिता रहेको थियो ।