अर्जुन काफ्ले
स्याङ्जा, वैशाख १६ गते । पालिका स्तरीय पुरुष क्रिकेट प्रतियोगितामा चापाकोट नगरपालिका ‘ए’ले विजयी सुुरुवाात गरेको छ ।
चापाकोटमा गंगालाल मावि खेलमैदानमा चापाकोट नगर क्रिकेट सङ्घले आयाजना गरेको प्रतियोगितामा चापाकोटले पुर्वी पाल्पा युवा क्लब पल्पालाई उद्घाटन खेलमा २३ रनले जितेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको चापाकोटले निर्धारित १५ ओभरमा नौ विकेटको क्षतिमा १६८ रन बनाएको थियो । चापाकोटबाट म्यान अफ दी म्याच चापाकोटका खेलाडी अशोक डोटेलले ६३ रन बनाउनु भएको थियो भने दुई क्यााच र एक रन आउट गर्नु भएको थियो ।
चापाकोटबाट रविन भट्टराईले २७ रन, राजन भण्डारीले १५ रन र विशाल कोइराला १२ जोड्नुभएको थियो भने पुर्वी पाल्पाका समीर पाठकले तीन विकेट, नवीन थापा, गोविन्द बस्याल, नारायण गैह्रे र सरनेज पाण्डेले समान एक एक विकेट लिनुभयो ।
१६९ रनको लक्ष्य लिएर मैदानमा उत्रेको पुर्वि पाल्पाले निर्धारित १५ ओभरमा आठ विकेट गुमाएर १४५ रनमा सिमित भएको हो । पाल्पा युवा क्लबका प्रकाश तिमिल्सिनाले सर्वाधिक ३९ रन, संयोग भट्टराईले २० रन, विनिस डोटेलले १७ नारायण गैह्रे १५ रन बनाउनु भएको थियोे ।
चापाकोटका रविन भट्राई, रामचन्द्र ढकाल र अनिशस ताम्राकारले दुई/दुई विकेट लिनुभयो । वैशाख २० गतेसम्म चापाकोटको गंगालाल मावि खेलमैदानमा नकआउट प्रणालीमा खेलाइएको प्रतियोगितामा १३ पालिकाका १८ टिमको सहभागिता रहेको सङ्घका अध्यक्ष प्रेमनारायण रेग्मीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथमले ५० हजार र द्धितीयले ३० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै उत्कृष्ट बलर, बेष्ट ब्याट्सम्यान र म्यान अफ दी सिरिजको घोषणागरि जनही तीन तीन हजार रुपियाँसहित पुरस्कृत गरिनेछ ।