• ४ वैशाख २०८३, शुक्रबार

बुढीगण्डकी जलविद्युत् आयोजना सम्बन्धबारे छलफल

blog

काठमाडौँ, वैशाख ४ गते । सभामुख डोलप्रसाद (डिपी) अर्यालको सहभागितामा बुढीगण्डकी जलविद्युत् आयोजना सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिहरूबीच आज छलफल भएको छ ।

छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, गृहमन्त्री सुधन गुरुङ तथा सांसदहरू कबिन्द्र बुर्लाकोटी, बोधनारायण श्रेष्ठ, आशिका तामाङ, शोभा खनाल र एन्जिला गुरुङको सहभागिता थियो ।

त्यसैगरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणकर भट्ट, विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको पनि उपस्थिति रहेको थियो ।

बैठकमा बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाले आयोजनाको वर्तमान अवस्था र आवश्यकताबारे प्रस्तुतीकरण गर्नुभएको छ । 

छलफलपछि सभामुख अर्यालले आयोजनाको निर्माण प्रक्रियालाई तीव्रगतिमा अघि बढाउन आवश्यक कानुन निर्माण तथा संशोधन गर्ने बताउँदै कार्यान्वयनलाई फास्ट ट्रयाकमा लैजानुपर्ने बताउनुभयो । “आयोजना सम्पन्न नगर्नुको विकल्प छैन, कि त सरकारले आयोजना बन्न नसक्नुको कारण स्पष्ट पार्नुपर्छ । अन्यथा अबका दिनमा कार्यान्वयनमा एक दिन पनि ढिलाइ हुनु हुँदैन”, उहाँले भन्नुभयो । रासस