• ३० वैशाख २०८२, मङ्गलबार

बालबालिकाका लागि चित्रकला तालिम

blog

बुटवल , वैशाख ३० गते । बालबालिकामा बढ्दो मोबाइल प्रयोगको लतलाई छुटाउँदै उनीहरूलाई सिर्जनात्मक बनाउने सोचका साथ ‘पेन्ट योर मर्निङ’ चित्रकला सम्पन्न भएको छ । वन्डरनेस्ट बुटवलको आयोजनामा भएको चित्रकलामा २५ जना बालबालिकालाई चित्रकलाको महत्वको विषयमा जानकारी दिनुका साथै पेन्टिङ सिकाइएको थियो । 

कार्यक्रममा अन्तर्राष्ट्रिय जलरङ समाज लुम्बिनी प्रमुख सुमित्रा रानाले बालबालिकालाई क्यानभास पेन्टिङ, किरिङ डिजाइन, फ्रिज म्याग्नेट आर्ट र बोर्ड आर्टको विषयमा प्रशिक्षण दिनुका साथै चित्र कोर्न अभ्यास गराउनुभएको थियो । 

वन्डरनेस्ट बुटवलकी सञ्चालक प्रविना घिमिरेले महिला तथा बालबालिकालाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै चित्रकला तालिमले बालबालिकामा सिर्जनात्मक ज्ञानको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।