• १ जेठ २०८२, बुधबार

हजयात्रीलाई कार्यक्रमविच विदाई

blog

हज यात्राका लागि विदाई गरिएका यात्रीहरु । तस्बिरः लक्ष्मी तिमिल्सेना

लक्ष्मी तिमिल्सेना

जमुनाह, बैशाख ३० गते । यो वर्ष साउदीअरेबियाको मक्का मदिनामा हज गर्न जाने आफ्ना सदस्य हजयात्रीलाई एक कार्यक्रमविच सम्मान गरी बिदाई गरिएको छ ।

नेपालगञ्ज सुनचाँदी व्यवसायी संघ र लुम्बिनी प्रदेश सदस्य हासिम अन्सारीको संयुक्त आयोजनामा हजयात्रीलाई सम्मान गरी बिदाई गरिएको हो ।

यो वर्षको हज यात्राका लागि हज गर्न जान लागेका नेपालगञ्ज सुनचाँदी व्यवसायी संघका अध्यक्ष सलाहुदिन जसगढ, सदस्यहरु अनिस जसगढ, जमिल अहमद जसगढ र मो. रहिस जसगढलाई संघको कार्यालयमा आयोजित संयुक्त कार्यक्रममा उहाँहरुलाई सम्मान तथा बिदाई गरेको हो ।

उहाँहरुलाई नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष बुद्धिबहादुर बिके, सदस्य सञ्जय सोनी, संघका सहकोषाध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य हासिम अन्सारी, सुनचाँदी कारिगर संघका पूर्व उपाध्यक्ष जमिल अहमद जसगढ लगायत फूलमाला, खादा टोपी लगायर सम्मान गरी बिदाई गर्नुभएको थियो ।

ईस्लाम धर्मममा हज जीवनको महत्वपूर्ण धार्मिक यात्रा हो । हरेक वर्ष नेपालबाट साउदी अरबको मक्का मदिनामा हज गर्न नेपाली मुसलमान समुदाय जाने गरेका छन् । यो वर्षको हज यात्राका लागि जिल्ला प्रशासन कार्यालय बाँकेबाट हज यात्राका लागि ७६ जना महिला र ७९ पुरुषसहित एकसय ५५ जना सहभागी भएको जनाइएको छ ।