साबित्री गिरी
कोहलपुर, वैशाख २७ गते । सेनेटरी प्याड बनाउने तालिमले आत्मनिर्भर बन्न सहयोग पुग्नेमा जोड दिइएको छ । लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठको संयोजनमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग र स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा नेपालगन्जमा गरिएको तीन दिने तालिमको शनिबार समापन कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा सांसद श्रेष्ठले नेपालगन्जका विभिन्न स्थानमा बसोबास गर्ने ३१ जना महिलाहरुलाई छनोट गरी सेनेटरी प्याड बनाउने तालिमका बारेमा सिप प्रदान गरी आत्मनिर्भर बनाउन तालिम गरिएको बताउनुभयो । उहाँले यस तालिमपछि महिलाहरुले प्याड बनाउन सिकेकाले यो घरायासी प्रयोजन मात्र नभइ व्यापारीक प्रयोजनका लागि पनि उपयोगी हुने धारणा राख्नुभयो ।
यसैगरी, स्वास्थ्य कार्यालय बाँकेका निमिक्त कार्यालय प्रमपुख नरेशबाबु श्रेष्ठले यो तालिम मुस्लिम समुदायका महिलाहरुका लागि मात्र नभई सबै महिलाहरुका लागि उपयोगी हुने बताउनुभयो । कार्यक्रमममा तालिममा सहभागी साजिया इद्रिशीले तालिम लिएपछि अब घरमै बसेर सेनेटरी प्याड बनाउन सकिने सीप विकास भएको बताउनुभयो ।
यस्तै अर्का सहभागी रुबी बानोले हामिले सेनेटरी प्याडको प्रयोग गर्दा बातावरण पनि स्वच्छ हुनुका साथै प्रजनन स्वास्थ्यमा पनि सहयोग पुग्ने धारणा राख्नुभयो । तालिमका सहभागीहरुले आगमी दिनमा पनि यस्ता उपयोगी सीपमूलक तालिमको आवश्यकता महसुस गरेका छन् ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य,स्वास्थ्य कार्या महाशाखा प्रमुख रामबहादुर चन्द, तालिमका प्रशिक्षक पुष्पा चन्द ,अधिकारकर्मी रचना श्रेष्ठ लय बाँकेका देवनारायण उपाध्यय, स्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्श बिष्णु श्रेष्ठ र नेपालगन्ज उपमहानगरपालिकाका सिनीयर अनमी निर्मला खनाललगायतको सहभागिता रहेको थियो ।
तालिमको सहजीकरण गर्नुभएका पुष्पा शर्माले १७ वर्षदेखि ३६ वर्ष उमेर समूहका महिलाहरुले सेनेटरी प्याड बनाउन सिकेको बताउनुभयो । उहाँका अनुसार एउटा प्याड कम्तिमा चार महिला सम्मप्रयोग गर्न सकिन्छ । एक मिटर कपडाबाट चार वटा प्याड बनाउन सकिने पनि उहाँले बताउनुभयो ।