• २७ वैशाख २०८२, शनिबार

नेपाल भारत सीमावर्ती क्षेत्रमा संयुक्त सुरक्षा चेकजाँच

blog

सीमा गस्ती र सुरक्षामा खटिएका सुरक्षाकर्मी।

पुरुषोत्तम सुवेदी

नवलपरासी, वैशाख २७ गते। नवलपरासीको नेपाल –भारत सीमावर्ती क्षेत्रमा संयुक्त सुरक्षा गस्ती  सुरु भएको छ। पछिल्लो पटक भारतीय देखिएको पछिल्लो परिस्थितिलाई मध्यनगर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्ने उद्देश्यले नेपाल र भारत दुवै तर्फबाट सुरक्षाकर्मीको संयुक्त पहलमा सीमावर्ती सुरक्षा गस्ती थालिएको हो।

यसबारे सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न  मद्दत पुग्ने साथै समग्र रूपमा आपराधिक क्रियाकलाप नियन्त्रण साथै चोरी तस्करी कार्यमा कमी आउने विश्वास लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो।

संयुक्त सुरक्षा  चेकजाँच कार्यलाई आवश्यकता अनुसार दुवै देशको सुरक्षा सरोकारवाला निकायको समन्वयमा निरन्तरता दिने योजना रहेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिलाल रेग्मीले जानकारी दिनुभयो।


संयक्त सुरक्षा गस्ती टोलीमा नेपालतर्फ नवलपरासीको सुस्ता गाउँपालिका–५  बलिनगर नाकादेखि सोही क्षेत्रको वनकट्टीसम्म नेपाल र भारतीय सुरक्षा युनिटको संयुक्त टोलीद्वारा भएको हो।  

सीमानामा हुने अवैध ओसारपसार तथा घुसपैठ लगायत आपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रणका लागि संयुक्त रूपमा गस्ती गरेको थियो। भारत पाकिस्तानबिचको तनावको असर नेपालभारत सीमा क्षेत्रमा समेत देखिएको छ।