• २२ वैशाख २०८२, सोमबार

गुल्मीदरबारमा कपडा बैँक स्थापना

blog

गुल्मीदरबार गाउँपालिका कपडा बैँक ।

गुल्मी, वैशाख २२ गते। गुल्मीदरबार गाउँपालिका कपडा बैँक स्थापना गरिएको छ। सोमबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सो कपडा बैँकको उद्घाटन गर्नुभएको हो।

कपडा बैँकको उद्घाटन गर्नुहुँदै मन्त्री कार्कीले घरमा भएका वस्तुलाई प्रयोगमा ल्याउन नजान्दा आर्थिक उन्नतिमा पछाडि परेको बताउनुभयो। कपडा बैँकको स्थापनाले कपडा बैँकको स्थापनाले प्रयोगमा नआएका कपडाको पनि पुनः प्रयोगले दुरुपयोग नहुने बताउनुभयो।

गाउँपालिकाभित्र रहेका काम नलाग्ने प्रयोग गरी बाँकी रहेका कपडालाई पुनः प्रयोगमा सहयोग गरेकोमा गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले धन्यवाद दिनुभयो। 

गाउँपालिका र कपडा बैँकसँगको लागत साझेदारीमा कपडा बैँक स्थापना गरिएको बताउनुभयो। परोपकारी कार्यका लागि गाउँपालिका सधै अगाडि बढ्ने बताइएको छ। कपडा बैँकबाट विपन्न नागरिकलाई सहज हुने गाउँपालिका उपाध्यक्ष तारा थापाले बताउनुभयो।

आफ्नो घर, टोल र समाजलाई सफा राखौँ कोही कपडा बिहीन नरहुन् भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै यस गाउँपालिकामा कपडा बैँकको स्थापना गरिएको बैँकका अध्यक्ष कमल जिसीले बताउनुभयो। पुन्य कार्यमा सहभागी बन्न सबैमा आग्रह गर्नुभयो।

प्रयोगमा नआएको प्रयोगजन्य सामग्री पुनः प्रशोधन गरेर आवश्यक पर्नेलाई निःशुल्क वितरण गरिदैँ आएको उहाँको भनाइ छ। २०८१ सालमा स्थापना गरिएको  कपडा बैँक अहिले देशभरका १६० भन्दा बढी स्थानीय तहमा पुगेको जिसीले बताउनुभयो। प्रयोगमा नआएका कमपडालाई पुनः प्रशोधन गरेर पुनः वितरण गरिरहेको जानकारी दिनुभयो। यसको संरक्षक महानायक राजेश हमाल रहनुभएको छ।