• १३ असार २०८२, शुक्रबार

मोटरसाइकल ठक्करमा एकको ज्यान गयो

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, असार १३ गते । मोरङको सुनवर्षी नगरपालिका –८ को विश्वकर्मा चौकस्थित सिजुवा–बिराटनगर हुलाकी सडकखण्डमा  को १ त ६१९१ नम्बरको ट्याक्टरलाई प्रदेश १–०२–०४५ प ९१६३ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा एक जनाको मृत्युभएको छ।

डाइनियातर्फ जाँदै गरेको मोटरसाइकलले ट्याक्टरको पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको रतुवामाई –३ चौकीघाट बस्ने  ४३ वर्षीय  ढक्कुलाल गनगाईको मृत्यु भएको हो । 

छाती र घाँटीमा चोट लागेर गम्भीर घाइते हुनु भएका गनगाईलाई उपचारका लागि  रङ्गेली अस्पताल भर्ना गरिएको थियो । रङ्गेलीमा उपचार असम्भव भएपछि विराटनगरको नोबेल अस्पताल पठाइएको थियो । ढक्कुलालको उपचारका क्रममा मृत्युु भएको ईलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । ट्याक्टर इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल प्रहरी  चौकीको नियन्त्रणमा रहेको छ ।

ट्याक्टर चालक सुनवर्षी नगरपालिका –९ बिर्ता बस्ने २९ वर्षीय राजकुमार ऋषिदेव तत्काल फरार भए पनि  प्रहरीले  खोजिगरी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।