• ३ साउन २०८२, शनिबार

फोनिज संघीय सल्लाहकारमा १३ जनाको मनोनयन

blog

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को संघीय सचिवालय बैठक ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को संघीय सल्लाहकारमा १३ जना पत्रकार तथा व्यक्तित्वहरु मनोनयन हुनुभएको छ । फोनिज संघीय सचिवालयको शुक्रबार बसेको बैठकले उहाँहरुलाई मनोनयन गरेको हो । 

फोनिज संघीय अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा बसेको बैठकले सल्लाहकार समितिको संयोजकमा निवर्तमान अध्यक्ष गजुरधन राईलाई मनोनयन गरेको छ । फोनिजको विधानअनुसार निवर्तमान अध्यक्ष सल्लाहकार समितिको संयोजक रहने प्रावधान छ । 

त्यस्तै सल्लाहकार समितिका सदस्यहरुमा पूर्व अध्यक्षहरु चन्द्रसिंह कुलुङ, खिम घले, मोहनसिंह लामा, डण्ड गुरुङ चयन हुनुभएको छ । त्यस्तै अन्य सल्लाहकारहरुमा उजीर मगर, मनोज घर्ती मगर, भैरव आङ्ला, अमरध्वज लामा, शान्ति गुरुङ, पुस्करभक्त माथेमा, सुकदेव चौधरी र पासाङ काजी शेर्पा मनोनयन हुनुभएको छ । 

सोहीअनुसार सचिवालय बैठकले पूर्ति हुन बाँकी लेखा समिति सदस्यमा मञ्जु तामाङलाई चयन गरेको छ । त्यस्तै, अनुशासन समितिको संयोजकमा निम्लिकी शेर्पा, सदस्यहरुमा सन्तोष दहित र पूर्णिमा शाक्यलाई मनोनयन गरेको छ । 

गत चैत २९ र ३० गते भएको फोनिजको आठौं महाधिवेशनले नयाँ कार्य समिति चयन गरेको थियो । फोनिजको ४९ सदस्यीय संघीय समिति रहने व्यवस्था छ । यसैगरी बैठकले फोनिजको २६ औं वार्षिकोत्सव भव्यताकासाथ मनाउने निर्णय गरेको छ ।