• ३ जेठ २०८३, आइतबार

पेन्टीभित्र ब्राउनसुगर लुकाएर ल्याउने पक्राउ

blog

लीलाराज खड्का 

बिर्तामोड, जेठ ३ गते ।  भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् ।

मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट नेपालतर्फ हिड्दै आउँदै गरेका कमल गाउँपालिका वडा नं. ६ त्रिवेणी चौक बस्ने १८ वर्षीय विवेक यादवले पेन्टीभित्र लागूऔषध लुकाएर ल्याएका थिए । 

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर शरीर तलासी लिने क्रममा यादवले लगाएको जिन्स पाइन्टको पेन्टीभित्र लुकाएर ल्याएको प्लाष्टिकबाहेक १४ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ  ।

यादवलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले  जनाएको छ ।