• २ साउन २०८२, शुक्रबार

नारायण नगरपालिकामा कार्यरत करारका कर्मचारीको म्याद नथपिने

blog

नारायण नगरपालिका दैलेख । तस्बिर : यामराज बिष्ट

यामराज बिष्ट
पञ्चकोशी (दैलेख), साउन २ गते ।
दैलेखको नारायण पालिकाले करारका कर्मचारी हटाउन लागेको छ । नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागू हुने गरी नारायण नगरपालिकाले करारका कर्मचारी हटाउन लागेको हो ।

नगरपालिकाले अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई साउन १ गतेबाट करारका कर्मचारी अर्को व्यवस्था नभएसम्म म्याद थप नहुने जानकारी दिएको छ ।

कर्णाली प्रदेश स्थानीय सेवा सङ्गठन तथा सञ्लालन ऐन २०८१ को दफा १४(१) र (२) बमोजिम कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने बमोजिम नगरपालिकाका अन्तर्गतका सम्पूर्ण कार्यालयहरुमा कार्यरत करारका कर्मचारीहरूलाई आगामी आर्थिक वर्ष २०८२ साउन १ गतेदेखि म्याद थप नहुने ब्यहोरा जानकारी गराइन्छ ।