शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), जेठ ४ गते । गुल्मीको सत्यवती गाउँपालिका–१ अस्लेवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कालीगण्डकी करिडोरको रुद्रवेणीदेखि चेहेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नं.को २२० सि.सि.को पल्सर मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार ४५ वर्षीय गिरमान सिंह राना र चालक कालीगण्डकी गाउँपालिका–३ भुस्तुङका ३४ वर्षीय लक्ष्मण थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते दुबै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र रिडिले मृत घोषणा गरेको सारुले बताउनुभयो । शवको घटनास्थल मुचुल्का पश्चात पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको प्रहरीले जनाको छ ।