• ३ साउन २०८२, शनिबार

चीनको खुद्रा बिक्रीमा वृद्धि: ५० ट्रिलियन युआन पुग्ने अनुमान

blog

बेइजिङ, साउन २ गते ।  चीनको वाणिज्य मन्त्री वाङ वेन्ताओले शुक्रबार जानकारी दिएका अनुसार, चीनमा उपभोक्ता सामग्रीको खुद्रा बिक्री पछिल्ला चार वर्षमा वार्षिक औसत ५.५ प्रतिशतले वृद्धि भएको छ । सन् २०२० मा ३९.१ ट्रिलियन युआन रहेको खुद्रा बिक्री सन् २०२४ मा बढेर ४८.३ ट्रिलियन युआन पुगेको छ । यो दरले वृद्धि भइरहेमा सन् २०२५ सम्म खुद्रा बिक्रीको कुल रकम ५० ट्रिलियन युआन ९सात ट्रिलियन अमेरिकी डलर० नाघ्ने अपेक्षा गरिएको छ ।

मन्त्री वाङका अनुसार, चिनियाँ बजारमा आन्तरिक माग लगातार विस्तार भइरहेको छ, जसको मुख्य कारण उपभोक्ताको बढ्दो  उपभोग प्रवृत्तिमा आएको सकारात्मक परिवर्तन हो । चीनको घरेलु बजार विश्वकै एक प्रमुख उपभोक्ता बजारका रूपमा स्थापित हुँदै गएको छ ।

विश्व बैंकको पछिल्लो प्रतिवेदनअनुसार,  चीनको उपभोक्ता सामग्री खुद्रा बिक्रीले सन् २०२४ मा अमेरिकालाई समेत उछिनेको छ । रिपोर्टअनुसार, चीनको खुद्रा बिक्रीको परिमाण अमेरिका भन्दा करिब १.६ गुणा धेरै थियो, जसले चीनको आन्तरिक बजारको विशालता र प्रभावशाली आर्थिक वृद्धिलाई पुष्टि गर्छ ।

चीन सरकारले उपभोग बढाउने नीतिहरू अगाडि बढाइरहेको छ, जसले दीर्घकालीन आर्थिक स्थायित्वमा समेत सहयोग पु¥याउने अपेक्षा गरिएको छ । सिन्ह्वा