शेरबहादुर सार्की
बाजुरा, असार २१ गते । बाढीपहिरोबाट उच्च जोखिममा रहेका बाजुराका अधिकांश गाउँबस्तीका स्थानीयलाई वर्खा सुरु भएसँगै रातिको समय कसरी घरमा बस्ने चिन्ता सुरु भएको छ ।
यहाँको बुढीगङ्गा, खप्तड छेडेदह, त्रिवेणी, गौमुल, बडिमालिका, बुढीनन्दा, स्वामिकार्तिक, जगनाथ र हिमाली गाउँपालिकाका लगायतका झण्डै एक सय पैतिस बस्ती लामो समयदेखि बाढी पहिरोको उच्च जोखिममा रहँदैआएका छन् ।
यी गाउँबस्तीको तलमाथि वरिपरिबाट थोरै पानी परे पनि पहिरो बग्ने गरेकोले यहाँका स्थानीयलाई वर्खाको समय पहिरोले बस्ती नै छापिने होकी भन्ने डर हुने भएपछि उहाँहरूलाई वर्खा लागेसँगै चिन्ता सुरु हुन थालेको हो ।
गाउँको माथिबाट निरन्तर पहिरो बगिरहन्छ । त्यो पहिरोको नजिक घर छ । अब वर्खा लागेपछि त्यो घरमा कसरी बास बस्ने ? चिन्ता सुरु हुन थालेको खप्तड छेडेदह गाउँपालिका–३, धनाल्त धुर्तोलाका धनबहादुर रावतले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँ नजकि धनाल्तको ठुलो पहिरो छ । त्यो पहिरो हिउँदमा रोकिन्छ । वर्खाको समय फेरि बग्न सरु हुन्छ । त्यसबाट डर छ । तर आर्थिक अभावका कारण अन्यत्र कतै जान सकेको छैन् ।”
स्थानीयले वर्खाको समय पानी पर्ने बित्तिकै घर छोडेर चौरमा त्रिपाल हाल्ने गरेको स्थानीयको गुनासो छ । उहाँहरूको हिउँदमा घर र वर्खाको समय चौरको त्रिपालको बास हुनेगरेको छ । हुन त पछिल्लो समय यहाँका स्थानीयलाई वर्खाको समय पहिरो आए पनि भाग्न सहज हुनेगरी गाउँनजिक साइरन जडान गरिएको छ ।
स्थानीय सरकारले यी बस्ती स्थानान्तरणका लागि जिल्ला प्रशासनलाई पत्र पठाएका छन् । वर्खामा गाउँ छोडेर माथि डाँडामा त्रिपाल हालेर बस्थ्यो । गत वर्षको वर्खामा गाउँमा साइरन जडान गरिएकाले त्यसैको सहाारामा कतै नगएर घरमै बसेको बुढीगङ्गा नगरपालिका–२, बजेडीका स्थानीय गोपाल लुहारले बताउनुभयो ।
बाजुरामा झण्डै एक सय ३५ भन्दा बढी गाउँबस्ती बाढिपहिरको उच्च जोखिममा छन् । यी बस्तीलाई बिगतका केही वर्षदेखि स्थानान्तरण गर्नेुपर्ने हो । तर अहिलेसम्म ती बस्ती कतै स्थानान्तरण भएका छैनन् ।
बाढीपहिरोबाट प्रभावित भएका घरपरिवारका लागि यति बेला अस्थायी टहरा निर्माणका लागि झण्डै ६ करोड रुपियाँ आएर स्थानीय तहको खातामा राखिदिएको जिल्ला प्रशासनका कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यले बताउनुभयो ।
उहाँले भन्नभयो, “बस्ती स्थानान्तरणका लागि जिल्लाको नौ वटै स्थानीय तहबाट आएका सबै सिफारिस गृह मन्त्रालयमा पठाएका छौ ।” बस्ती स्थानान्तरण गर्ने वा नगर्ने भन्ने कुरा उताबाट अहिलेसम्म केही जानकारी नआएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमखु जिल्ला अधिकारी पाध्यले बताउनुभयो ।