राममणि दाहाल
मकवानपुर, असार २१ गते । मकवानपुर भीमफेदी गाउँपालिका–१, टौवासमा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ । वीरगन्जबाट विद्युतीय गाडी लिएर शनिबार घुम्न समूहमा आएकामध्ये वीरगन्ज महानगरपालिका–५ का पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा उहाँको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दिउँसो १५ः१५ बजेको समयमा वनभोज खाई रमाइलो गरिरहेको अवस्थामा समूहमा आएका चार–पाँच जना टौवास खोलामा नुहाइ खोला तर्ने क्रममा खोलामा पानीको बहाब बढ्न जाँदा अन्दाजी वर्ष ५० को शर्मालाई खोलाले करिब चार सय मिटर तल बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनभयो ।