• २२ वैशाख २०८२, सोमबार

२१ किलो अफिमसहित दुई पक्राउ

blog

अफिमसहित पक्राउ परेकाहरू ।

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), वैशाख २२ गते । बर्दियामा २१ किलो ५६७ ग्राम अफिमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नलगाड नगरपालिका–७ जाजरकोट बस्ने ३७ वर्षीय भक्तबहादुर शाही र राप्ती नगरपालिका–११ आरापानी चितवन बस्ने २७ वर्षिय कुमार वाईबा रहेका छन् । 

उनीहरू लु. ८० प. १४६७ नम्बरको मोटरसाइकलमा जाजरकोटदेखि नेपालगन्जतर्फ आउँदै गर्दा बाँसगढी नगरपालिका–१ चेपाङबाट पक्राउ परेका हुन् । चेपाङस्थित प्रहरी चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा जेब्रा झोलाभित्र कालो भिर्ने झोलामा २२ ओटा पोका बनाई राखेको अफिम फेला परेको थियो । 

फेला परेको अफिम, मोटरसाइकलसहित दुबै जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बेलुका पक्राउ गरेको उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बर्दियामा हाजिर गराइएको छ । जिल्ला अदालत बर्दियाबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी चक्रबहादुर डमरपालले बताउनुभयो ।