• २३ वैशाख २०८२, मङ्गलबार

बालअधिकार अभियान्ता भुवन ऋभूलाई संस्था वर्ल्ड जुरिस्ट सम्मान पदक

blog

बालअधिकारका विश्व अभियान्ता संस्थापक भुवन ऋभूलाई सम्मान पदक अर्थात ‘मेडल अफ अनर’ प्रदान ।

सन्तोष दहित
दाङ, वैशाख २३ गते ।
न्यायिक अभियान्ताहरूको वैश्विक संस्था वर्ल्ड जुरिस्ट एसोसिएसन (डब्ल्यूजेए) ले बालअधिकारका विश्व अभियान्ता संस्थापक भुवन ऋभूलाई सम्मान पदक अर्थात ‘मेडल अफ अनर’ प्रदान गरेको छ । ऋभु तथा जस्ट राईट्स फर चिल्ड्रेनका संस्थापकसमेत हुनुहुन्छ ।

‘बालविवाह मुक्त विश्व’ बनाउने एउटा वैश्विक अभियानका लागि आफूलाई समर्पित गरेका ऋभूलाई डब्ल्यूजेले आफ्नो भव्य वार्षिक समारोह विश्व कानुन महासभा अर्थात् ‘वल्र्ड ल कंग्रेस’बिच उक्त पदक प्रदान गरेको हो । उक्त यो कार्यक्रम २०२५ मे ४ देखि ६ सम्म डोमिनिकन गणराज्यमा आयोजना गरिएको थियो, जहाँ ७० भन्दा बढी देशका १५०० भन्दा बढी न्यायिक अभियान्ताहरूसँगै ३०० भन्दा धेरै वक्ताहरू उपस्थिती थियो ।

१९६३ मा स्थापना भएको वल्र्ड जुरीस्ट एसोसिएसनले यसअघि यस्तै पदकबाट नेल्सन मण्डेला, विन्स्टन चर्चिल, रूथ बेडर जिन्सबर्ग, केरी केनेडी र रेने कासिन विश्व चर्चित व्यक्तित्वहरूलाई सम्मान गरिसकेको छ ।

भारतलाई कर्मभूमि बनाएर ऋभूले सुरुवात गरेको बालविवाह मुक्त अभियान तीन महादेशका करिब ३९ देशमा चलिरहेको छ । ऋभूले नेपालमा पनि बालअधिकारको क्षेत्रमा थुप्रै अभियानहरू सञ्चालन गरिसकेका छन् । नेपालमा समेत बालविवाह र बाल तस्करी तथा बालश्रमविरुद्धका अभियानहरूमा नेतृत्वदायी भूमिका निभाएका ऋभूले भारतीय सर्कसहरूबाट नेपाली बालबालिकाको उद्धार गरेका थिए ।

सन् २०११ मा ती सर्कस उद्योगहरूमा बालबालिका भर्तीमा प्रतिबन्ध लगाउन पनि कानुनी रुपमा उहाँ सफल हुनुभएको थियो । विगत दुई दशकमा उहाँले भारतमा यौन शोषणमा लगाइएका हजारौं नेपाली किशोरी र घरेलु कामदारका रूपमा प्रयोग गरिएका बालबालिकाहरू पनि उद्धार गर्नुभएको थियो । 

यसैगरी, गत वर्षदेखि नेपालमा सुरु भएको ‘बालविवाह मुक्त’ अभियानको अगुवाई पनि ऋभूले गर्नुभएको थियो ।