शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस ७ गते । नेपाल बार एसाेसिएसनले आज ७०औँ स्थापना दिवस मनाएको छ । बारले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सर्वोच्च अदालतका न्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, अधिवक्ताहरूको उपस्थितिमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।
बारको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउत, न्यायाधीशहरू, बारका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रसहित कानुन व्यवसायीहरूले संस्थापकहरूको तस्बिरमा मार्लापण गर्नु भएको थियो।
अध्यक्ष मिश्रले स्वतन्त्र न्यायपालिका, कानुनको शासनको कायम हुनु पर्नेमा जोड दिनु भयो । कानुनी शासन र मानव अधिकारको रक्षाका लागि नेपाल बार निरन्तर क्रियाशिल रहेको उहाँको भनाइ थियो । विसं २०१३ पुस ७ गते नेपाल बारको स्थापना भएको थियो । रासस