पहलमान घर्ती
होलेरी (रोल्पा), वैशाख २२ गते । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालककोे घटनास्थलमै मृत्यु भएको छ । परिवर्तन गाँउपालिका ३ बागमारा बजार नजिकै ट्याक्टर दुर्घटना हुँदा घोराही उपमहानगरपालिका ४ कुइरेपानीका २७ वर्षका ट्याक्टरका चालक खिमबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुईखोलीबाट बालुवा लिएर परिवर्तन गाँउपालिका ४ भेरिखर्क तर्फ जाँदै गरेको लु. प. ०२०० त. ००८९ नम्बरको ट्याक्टर बागमारा बजार नजिकै दुर्घटना भएको हो । ट्याक्टरमा चालक मात्रै रहेका थिए । ट्याक्टर दुर्घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।