• ७ पुस २०८२, सोमबार

नेपाली विद्यार्थीले बिना धितो एक लाख डलरसम्मको शैक्षिक ऋण पाउने

blog

काठमाडौँ, पुस ७ गते । नेपाली विद्यार्थीले विदेशमा पढ्न अब धितोको झन्झट झेल्न नपर्ने भएको छ । नेपालमै पहिलोपटक, एमपावर फाइनान्सिङ नामक अमेरिकी संस्थाले स्नातकोत्तर अर्थात् पोस्टग्राजुएट तहका विद्यार्थीका लागि बिना धितो र बिना जमानी अधिकतम अमेरिकी डलर एक लाख (झण्डै एक करोड ३० लाख रुपियाँ) सम्मको शिक्षा ऋण सुविधा ल्याएको छ ।

हालसम्म १९० भन्दा बढी देशका २० हजारभन्दा बढी विद्यार्थीलाई सफल फन्डिङ गरिसकेको एमपावर फाइनान्सिङले अब नेपाली पोस्टग्रेजुएट विद्यार्थीलाई पनि आफ्नो कार्यक्रममा समावेश गरेको छ । नेपालबाट अन्तर्राष्ट्रिय शिक्षामा देखिएको उच्च मागलाई ध्यानमा राख्दै, संस्थाले यहाँका विद्यार्थीहरूलाई सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

एमपावर फाइनान्सिङले ११ वर्षदेखि अमेरिका र क्यानडाका पाँच सयभन्दा बढी उत्कृष्ट कलेज तथा विश्वविद्यालयहरूमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई आर्थिक सहयोग गर्दै आएको छ । संस्थाले धितो वा ग्यारेन्टर नमाग्नुको कारण यसको विशेष ‘अल्गोरिदम’ मा आधारित शैक्षिक ऋण मूल्याङ्कन प्रणाली हो । यस अल्गोरिदमले विद्यार्थीको शैक्षिक र करियर प्रोफाइल विश्लेषण गरी १० वर्षको अवधिमा शैक्षिक ऋण भुक्तानी गर्ने सामथ्र्य क्षमताको सटीक अनुमान निकाल्छ । ठुलो सङ्ख्यामा विद्यार्थीलाई शैक्षिक ऋण दिइसकेको हुनाले यो डेटा–आधारित मोडल निकै बलियो रहेको संस्थाको दाबी छ ।

एमपावर फाइनान्सिङले मुख्यतः विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित मा मास्टर्स डिग्री र मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्न चाहने विद्यार्थीहरूलाई फन्डिङ गर्छ । संस्थाका अनुसार यी विषयहरूमा अन्तर्राष्ट्रिय बजारमा उच्च माग छ र यसले विद्यार्थीको करियरमा सबैभन्दा राम्रो नतिजा दिन्छ । एमपावर फाइनान्सिङले स्थिर ब्याजदरमा शैक्षिक ऋण उपलब्ध गराउँछ । विद्यार्थीको प्रोफाइलको जोखिमको आधारमा ब्याजदर निर्धारण हुन्छ, तर शैक्षिक ऋण स्वीकृत भएपछि यो पूरा १० वर्षको अवधिका लागि स्थिर रहन्छ र परिवर्तन नहुने कम्पनीकी एसाेसिएट डाइरेक्टर क्लेयर अल्माण्डले बताउनुभयो ।

एमपावर फाइनान्सिङले शैक्षिक ऋण पाउन योग्य विद्यार्थी छनोट गर्न मुख्यतया तीन कुरामा ध्यान दिने एल्माण्डको भनाइ छ । विद्यार्थी एमपावर फाइनान्सिङले सहकार्य गर्ने पाँच सय कलेज÷स्कुलमध्ये कुनै एकमा भर्ना भएको हुनुपर्छ । विद्यार्थीको शैक्षिक रेकर्ड, टेस्ट स्कोर, कामको अनुभव र भविष्यको करियर योजनालाई महत्त्व दिइन्छ । र विद्यार्थीको हालको क्रेडिट रेकर्डलाई (यदि छ भने) पनि हेरिन्छ । तर नयाँ विद्यार्थीहरूको हकमा क्रेडिट रेकर्ड नहुँदा पनि फरक पर्दैन ।

एमपावर फाइनान्सिङले विद्यार्थीलाई आवश्यक पर्ने २००१ देखि एक लाख डलरसम्मको शैक्षिक ऋण उपलब्ध गराउँछ । विद्यार्थीले आफ्नो ट्युसन फी, बस्ने खर्च र हाउजिङ खर्च सबै यसबाट कभर गर्न सक्छन् । संस्थाले शैक्षिक ऋणको उपयोगमा अत्यधिक अनुकूलता दिन्छ । विद्यार्थीले स्वीकृत रकममध्ये आफूलाई चाहिएको जति मात्र प्रयोग गर्न सक्छन् र प्रयोग गरेको रकमको मात्र ब्याज तिर्नुपर्छ । यदि पछि कुनै छात्रवृत्ति वा अन्य सहयोग प्राप्त भएमा विद्यार्थीले बाँकी ऋण रकम नलिने निर्णय पनि गर्न सक्छन् ।

यसका साथै, एमपावर फाइनान्सिङले विद्यार्थीहरूलाई भिसा अन्तर्वार्ताको तयारीका लागि निःशुल्क वेबिनार र स्रोतहरू उपलब्ध गराउनुका साथसाथै ‘करियर एक्सिलेरेटर’ जस्ता करियर सर्भिसहरू उपलब्ध गराउँछ। अझ  प्रोग्राममार्फत उनीहरू अमेरिका÷क्यानडा पुग्नुअघि नै इन्टर्नसिप र रोजगार बजारको तयारीका लागि बुट क्याम्प र कक्षाहरू पनि सञ्चालन गर्दछ ।

एमपावर फाइनान्सिङको सम्पूर्ण आवेदन प्रक्रिया पूर्ण रूपमा डिजिटल (अनलाइन) र कागजपत्र रहित छ । यसले विद्यार्थीलाई परम्परागत ऋणदाताको जस्तो कार्यालय धाउनुपर्ने वा लामो लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ति दिन्छ । इच्छुक विद्यार्थीहरूले घरमै बसेर केबल ३० मिनेटमै संस्थाको वेबसाइटमार्फत आफ्नो आवेदन प्रक्रिया पूरा गर्न सक्ने कम्पनीका एसाेसिएट डाइरेक्टर क्लेयर अल्माण्डले बताउनुभयो ।