• ७ पुस २०८२, सोमबार

गुल्मी तम्घासको अटो वर्कमा भीषण आगलागी

blog

रेसुङ्गा नगपालिका–८ स्थित ग्यारेजमा लागेको भीषण आगलागी । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), पुस ७ गते । रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । विक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कासि आगलागी भएको हो ।

अहिले रेसुङ्गा नगरपालिकाको दमकल र नेपाल प्रहरीको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।