• १८ वैशाख २०८२, बिहिबार

अटो दुर्घटना हुँदा तीन जना घाइते

blog

गोकर्ण पौडेल 

तुलसीपुर, वैशाख १८ गते। तुलसीपुर उपमहानगरपालिका–३ स्थित साततले नजिक गोठीखोलामा अटो दुर्घटना हुँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।

बिहिबार साँझ ५ बजेतिर अटो दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका–५ का १९ वर्षीय सुवास परियार, २५ वर्षीय डिल्ली विष्ट र बबई गाउँपालिका–२ का १९ वर्षीय भीमसेन परियार घाइते भएको इलाका  प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

घाइतेको  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । साततलेबाट तुलसीपुरतर्फ आइरहेको लु.प्र.०२–००१ ह ८८८ नम्बरको अटो अनियन्त्रित भएर पल्टिएको हो।

अटो चालक दंगीशरण गाउँपालिका–२ का २३ वर्षीय पूर्ण केसी इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।