शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शिवकुमार रिजाल (काशी)
मनहरी (मकवानपुर)। पुस ६ गते। बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित मनकामना मन्दिरको जीर्णोद्वारका लागि आर्थिक सहयोग गर्नु भएको छ।
बाला चतुर्दशी तिथिमा लागेको मेलामा आउनु भएका मुख्यमन्त्री बानियाँले एक महिनाको तलब मनकामना मन्दिरको जीर्णाेद्धारका लागि सहयोग गर्ने घोषणा गर्नु भएको थियो। सोही बमोजिम आफूले पाउने सुविधा बापतको रकम ७५ हजार मनकामना सनातन धर्म संरक्षण संस्थाका अध्यक्ष नारायण सुवेदीलाई हस्तान्तरण गरिएको हो।
मुख्यमन्त्री बानियाँले मन्दिरको जीर्णोद्वारसहित अन्य भौतिक सुधारका लागि बागमती प्रदेश सरकारले आवश्यक लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको संस्थाका अध्यक्ष सुवेदीले जानकारी दिनु भयो।