बाघ खोज्न चार स्थानमा क्यामेरा जडान
बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघ खोज्न सुरु गरिएको छ । महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई पनि आक्रमण गर्ने सम्भावना रहेकाले खोजी सुरु गरिएको राप्तीसोनारी सव डिभिजन वन कार्यालय, शमशेरगञ्ज बाँकेले जनाएको छ ।
मर्चवार क्षेत्रको ‘सबस्टेसन’ निर्माण तीव्र
रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् ‘सबस्टेसन’ को काम ४० प्रतिशत पूरा भएको छ । तीन पालिकालाई लक्षित गरी निर्माण भइरहेको मर्चवारस्थित महदेई सवस्टेसनको निर्माण सम्पन्न भएपछि क्षेत्रको विद्युत् समस्यामा स्थायी सुधार आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
रुखमा बसेका चमेरा
दाङ, माघ १४ गते । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित घरेलु तथा साना उद्योग कार्यालय परिसरमा रहेका रुखमा झुन्डिएर बसेका चमेरा। तस्बिरः रासस
पहेँलपुर तोरीखेती
स्याङ्जा, माघ १४ गते । स्याङ्जाको वालिङ १ मजुवा, कालीमाटी फाँटमा पहेँलपुर देखिएको तोरीखेती । उत्पादन राम्रो हुने भएकाले किसानहरु तोरी खेतीतर्फ आकर्षित भएका छन् । तस्बिरः रासस
लेन अनुशासन सिकाउँदै ट्राफिक
सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले ट्राफिक सचेतनालाई अभियानका रूपमा अगाडि बढाएको छ ।
छाडा चौपाया व्यवस्थापन गर्न ऐक्यबद्धता
रुपन्देही जिल्लाका १६ वटै स्थानीय तहले जिल्लाको प्रमुख समस्याका रूपमा रहेको छाडा चौपाया व्यवस्थापनको काम मिलेर गर्ने ऐक्यबद्धता प्रकट गरेका छन् ।
भाडाकै घरमा पालिका कार्यालय
स्थानीय सरकार गठन भएको करिब आठ वर्ष पुग्न लाग्दा पनि गुल्मीका तीन स्थानीय तहले अझै पनि भाडाकै घरबाट सेवा प्रवाह गरिरहेका छन् ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, तयारी प्रायः पूरा
दाङको राप्ती गाउँपालिकाले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ ।
दश हजार बढी छात्रालाई एचपिभी खोप लगाइने
पाल्पाका दश हजार बढी छात्राहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाइने भएको छ । जिल्लाका दश पालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययन्रत कक्षा ६ देखि कक्षा १० सम्मका १० हजार ४५८ जना छात्रालाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
‘राजस्व चुहावट रोक्न निजी क्षेत्र पनि लाग्नुपर्छ’
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले विभिन्न कारणबाट हुँदैआएको राजस्व चुहावटलाई निरुत्साहित पार्न निजी क्षेत्र पनि लाग्नुपर्ने बताउनुभएको छ ।
एन्फा कम्युनिटी कोचिङ कोर्स सम्पन्न
दाङको घोराही उपमहानगरपालिकाले चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्स सम्पन्न भएको छ ।
बाघ खोज्न वनमा क्यामेरा जडान
बाघको आक्रमणबाट बाँकेमा एक महिलाको ज्यान गएपछि बाघ खोजी अभियानलाई तिव्र पारिएको छ । सो बाघले अन्य मानिसलाई आक्रमण गर्ने सम्भावना बढेकाले रोक्न बाघको खोजी कार्यलाई तिव्र पारिएको राप्तीसोनारी सबडिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।
चिसो बढेपछि कोहलपुरका विद्यालय तीन दिन बन्द
बाँकेमा चिसो अत्यधिक बढेपछि कोहलपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई फेरी तीन दिनका लागि बन्द गरेर जाडो बिदा दिएको छ ।
वडास्तरीय भलिबलको उपाधि नवदुर्गा युवा क्लब जुकियालाई
तानसेन नगरपालिका ११ को आयोजना गरिएको वडास्तरीय भलिबल प्रतियोगितामा नवदुर्गा युवा क्लब जुकिया प्रथम भएको छ ।
कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो
कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा रु ७१ लाख मात्र राजस्व सङ्कलन गरेको छ ।
‘आत्मनिर्भर र सिपमूलक शिक्षा आवश्यक’
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समय अनुकूल आत्मनिर्भर र सिपमूलक शिक्षा आवश्यक परेको बताउनुभएको छ ।
पुल निर्माण गर्न बजेट सुनिश्चित
बर्दियाको बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने जब्दीघाटमा सात वर्षपछि पुल निर्माण प्रक्रिया अगाडि बढेको छ ।
रेसुङ्गामा बढे पर्यटक
धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा अवलोकनमा आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि भएको छ ।
बाँकेका ३५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप
बाँकेका ३५ हजार बढी किशोरीलाई माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप दिइने भएको छ।
रूपन्देहीका ५९ हजार किशोरीलाई ‘एचपीभी’ खोप
रूपन्देहीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियान सञ्चालन हुने भएको छ ।
देवदहमा बौद्ध गतिविधि र सम्पदा संरक्षण गरिने
बुद्धको मावली क्षेत्र देवदह बौद्ध गतिविधि र बुद्धकालिन पुरातात्विक क्षेत्रहरूको सरसफाइका लागि अभियान थालिने भएको छ ।
जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल लुम्बिनी प्रदेश कमिटीले न्यानोस्वरूप ब्लाङ्केट वितरण गरेको हो ।
तीन महिनामा १३५ सडक दुर्घटना, २० को मृत्यु
बाँके जिल्लामा पछिल्लो तीन महिनामा सडक दुर्घटनामा परेर २० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार जिल्लामा गत तीन महिनामा भएका १३५ सवारी दुर्घटनामा परेर २० जनाको मृत्यु भएको हो ।
पाँच महिनामा ३६ जना नयाँ कुष्ठरोगी
बाँकेमा चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म पाँच महिनाको समय अवधिमा ३६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । विश्व कुष्ठरोग दिवस २०८१ को पूर्वसन्ध्यामा आइएनएफ बाँके, स्वास्थ्य कार्यालय, बिएनएमटी नेपाल लगायत कुष्ठरोग निवारणसम्बन्धी काम गर्ने विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममार्फत पत्रकारहरुलाई उक्त कुरा जानकारी गराइएको हो ।