पुल मर्मतका लागि बजेट आएन कार्यान्वयनमा
एक दशकदेखि जीर्ण रहेको मोटरेबल पुल मर्मतका लागि बजेट भए पनि कार्यान्वयनमा आएको छैन ।
बिजुवार–सुलीचौर सडकका लागि बजेट सुनिश्चित
प्युठान र रोल्पा जिल्ला जोड्ने बिजुवार–ढुङ्गेठाँटी–सुलीचौर सडकको स्तरोन्नति कार्य सुरु भएको छ ।
प्रभावकारी बन्दै दौँतरी शिक्षा
गुलरियाको हिमाली आधारभूत विद्यालय र कृष्णसार आधारभूत विद्यालयका किशोरकिशोरी हिजोआज साथीसँग खुलेरै यौन तथा प्रजनन स्वास्थ्यका कुरा गर्छन् ।
बगमबेली फूलमा मोहित स्थानीय
तुलसीपुर उपमहानगरपालिका ९ स्थित कृष्ण मन्दिरको ओरालोमा केशर शाहीको घरको फूलबारीमा अहिले बगमबेली फूल फुलेर मनमोहक वातावरण बनाएको छ । फूलले आफ्नो आकर्षक रंग र बगमबेलीको अनौठो फूलझरिका कारण स्थानीय र बाह्य पर्यटकहरूको मन तानेको छ ।
शतप्रतिशत अनुदानमा सिँचाइ यन्त्र उपकरण वितरण
कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीले गरिब विपन्न समुदायलाई बेमौसमे तरकारी खेतीका लागि सिँचाइ उपकरणहरू सहयोग गरेको छ ।
गुल्मीमा रेडक्रसको नयाँ नेतृत्व
नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ। शनिबार जिल्लाको सदरमुकाम तम्घासमा भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको ४१ औं साधारण सभाको अधिवेशनले नयाँ कार्यसमितिलाई सर्वसम्मत चयन गरेको हो।
ढकमक्क बगमबेली
दाङको घोराही उपमहानगरपालिका (१ स्थित सिमलतारामा रहेको फूलबारी कटेज परिसरमा ढकमक्क फुलेको बगमबेली फूल ।
काटियो तीन सयभन्दा बढी वरपिपलका चौतारी
बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नतिका क्रममा सडक किनारमा रहेका तीन सयभन्दा बढी वरपिपलका चौतारी (चौपारी) काटिएको छ ।
चार महिनामै पक्की पुल निर्माण
गुल्मी जिल्लाकै कैयौँ योजना निर्माण व्यवसायीले काम नगरेर अलपत्र परेका छन् । समयमै काम नगर्ने केही निर्माण व्यवसायीका कारण समग्र क्षेत्रप्रति नै गलत दृष्टिकोणसमेत बनिरहेको छ तर गुल्मीको अग्लुङ फेदीखोला पुल चार महिनामै निर्माण व्यवसायीले सम्पन्न गरेका छन् ।
सुक्खायामसँगै वनमा बढ्दै डढेलो
दाङको वन क्षेत्रमा डढेलोका घट्ना बढ्न थालेका छन् । सुक्खा समय सुरु भएसँगै जिल्लाका सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा डढेलाका घट्ना बढ्न थालेका हुन् ।
कोरिया छाडेर शिक्षण पेसामा
अमेरिका, युरोपलगायतका मुलुकसँगै दक्षिण कोरिया नेपाली युवाको रोजाइको श्रम गन्तव्य हो । राम्रो कमाइ हुने भएकाले बेरोजगार मात्र होइन, स्थायी जागिर भएका पनि भाषा परीक्षा उत्तीर्ण गरी विदेश पलायन भएका उदाहरण धेरै छन् ।
निःशुल्क स्वास्थ्य शिविरः मुटु तथा मिर्गौलाका सात सय बिरामी लाभान्वित
रामपुर नगरपालिकामा शनिबार सञ्चालन भएको निःस्वास्थ्य शिविरमा मुटु र मिर्गौला रोगका ७०० बिरामी लाभान्वित भएका छन् ।
तीन महिनापछि रेसुङ्गाबाट उडान हुँदै
तीन महिनापछि गुल्मीको रेसुङ्गा विमानस्थलबाट उडान हुने भएको छ । गत पुस ४ गतेबाट उडान हुन नसकेको विमानस्थलबाट सोमबार उडान भर्ने तयारी रहेको विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।
गोरक्ष सिद्धरत्ननाथ मठको पुनःनिर्माण
दाङको प्रसिद्ध धार्मिकस्थल गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठको पुननिर्माण गरिएको छ । घोराही उपमहानगरपालिका –१७ चौघेरामा मन्दिरलाई पुरानै शैलीमा करिव पाँच बर्षपछि पुनःनिर्माण गरिएको हो ।
रोजगार मेलामा काम खोज्दै युवा
नेपालगन्जमा शुक्रबारदेखि सञ्चालनमा आएको रोजगार मेला शनिबार पनि जारी छ । मेलामा विशेषगरी बेरोजगार व्यक्तिहरूको आकर्षण देखिएको छ । बाँकेका ७ वटा स्थानीय तहसँगको सहकार्यमा नेपालगन्ज उद्योग वाणिज्य संघले उक्त मेला सञ्चालनमा ल्याएको हो ।
‘जनआन्दोलनले महिला सशक्तीकरणमा योगदान दियो’
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले २०६२–६३ को जनआन्दोलनले नेपाली महिलाको सशक्तीकरणमा विशेष योगदान दिएको बताउनुभएको छ । ‘नेतृत्वमा महिलाको सहभागिता, न्याय र दिगो विकासको आधारशीला’ मूल नारासाथ सिद्धार्थनगर नगरपालिकाको आयोजनामा शनिवार भैरहवामा भएको लुम्बिनी प्रदेशस्तरीय महिला जनप्रतिनिधिको अन्तरसंवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
गुल्मीका पत्रकारद्वारा कालोपट्टी बाँधेर विरोध
गुल्मीका पत्रकारले पत्रकार हत्या तथा सञ्चार गृहमा भएको आगजनीविरुद्धमा कालोपट्टी बाँधेर विरोध गरेका छन् । शुक्रबार पत्रकार सुरेश रजकको हत्या तथा सञ्चारगृहमा भएको आगजनीविरुद्ध कालोपट्टी बाँधेर विरोध गरिएको हो ।
खाना पकाउँदा आगो सल्किएर महिला घाइते
तुलसीपुरमा खाना पकाउने क्रममा आगो शरिरमा सल्किदा जलेर एक महिला घाइते भएको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा न –३ रानागाउँकी ६० वर्षीया गोमा वली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तीन महिनापछि रेसुङगा विमानस्थलबाट उडान हुँदै
तीन महिनापछि गुल्मीको रेसुङगा विमानस्थलबाट उडान हुने भएको छ । गत पुस ४ गतेबाट उडान हुन नसकेको विमानस्थलबाट सोमबार उडान भर्ने तयारी रहेको विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।
किसानलाई गोलासहितको माहुरी घार वितरण
गुल्मीको धुर्कोट गाउँपालिकाका सातवटै वडाका किसानलाई गोलासहितको माहुरी घार बितरण गरिएको छ । धुर्कोट कृषि तथा पशु उद्यमशीलता बिकास परियोजनाले ५० थान गोलासहितको माहुरी घार वितरण गरेको हो ।
पूर्व राष्ट्रपति भण्डारीद्वारा लुम्बिनीमा गुम्बाको शिलान्यास
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी पुगेर गुम्बाको शिलान्यास गर्नुभएको छ ।
पाँच महिनामै बन्यो भमके खोलामा पुल
तुलसीपुर, शान्तिनगर हुँदै बबई गाउँपालिकाको भट्टे जोड्ने माथिल्लो सडकखण्डको भमके खोलामा पुल निर्माण सुरु भएको पाँच महिनाको अवधिमा सम्पन्न भएको छ ।
बेलस्वारा गाउँमा खानेपानीको समस्या
चैत लागेसँगै पानी कम हुँदै गएको बेलस्वारा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष थुमबहादुर पाटा मगरले बताउनुभयो ।
करेन्ट लागेर बालकको मृत्यु
बर्दियामा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ ।