बाँझो जग्गामा बाह्र लाखको किवी
बर्सौंदेखि वनमाराले ढाकेको शिरकोटको बाँझो जग्गामा ४० क्विन्टल किवी उत्पादन भएको छ ।
महिलाहरुलाई बाध्यवादन तालिम
सांस्कृतिक मौलिकता जोगाउने उद्देश्यले बुटवल उपमहानगरपालिका १५ सेमलारमा बाध्यवादन तालिम गरिएको छ ।
बाँकेमा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम
बाँकेमा सशस्त्र प्रहरीले सञ्चालन गरेको ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमले नेपाल–भारत नाका क्षेत्रमा बसोबास गर्ने जनतासँग प्रहरीको सम्बन्ध सुदृढ हुन थालेको छ।
हुलाकी राजमार्ग अवरुद्ध
सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नहुँदा मृतकका आफन्तले बिहीबार हुलाकी राजमार्ग अवरुद्ध गरेका छन् ।
सशस्त्र प्रहरीद्वारा निर्मित संरचनाको उद्घाटन
जिल्लाको नरैनापुर गाउँपालिका–१ नेपाल बडर आउट पोष्ट कटकुईयाको पूर्वीसीमा क्षेत्र सुइया नाकामा सशस्त्र प्रहरीद्वारा निर्मित भौतिक संरचनाको आज उद्घाटन गरिएको छ ।
स्कुटर दुर्घटनामा एकको मृत्यु
स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
नवजात शिशु मृत फेला
प्युठानको सरुमारानी गाउँपालिका वडा २ दर्भानमा आज बिहान नवजात शिशु मृत अवस्थामा भेटिएको छ । सालनाल समेत नकाटिएको अवस्थामा शिसु फेला परेको स्थानीयले जनाएका छन् ।
पाताल भूमेश्वरको तलाउ सङ्कटमा
नेपालकै लामो र गहिरो दाबी गरिएको पाताल भूमेश्वर गुफासँगै रहेको तलाउको पानी बर्सेनी घट्दै जान थालेपछि तलाउको अस्तित्व सङ्कटमा परेको छ ।
खुर्सानी खेतीबाट लाखौँको आम्दानी
व्यवसायिक खुर्सानीसँगै तरकारी खेती गर्न थालेपछि आर्थिक आम्दानी समेत वृद्धि भएको चौधरी बताउनुहुन्छ ।
बाँकेमा ३२ हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष बाँकेका किसानहरुसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ ।
मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईको मृत्यु
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
थारू युवती
दाङ, माघ ३ गते । माघी मनाउने क्रममा मौलिक भेषभूषामा सजिएका दाङ देउखुरीको गढवा गाउँपालिका ७ स्थित झारबैराका स्थानीय थारू युवती । तस्बिर ः रासस
दाङबाट देखिएको धौलागिरि हिमाल
तुलसीपुर, माघ ३ गते । दाङको पर्यटकीय स्थल तुलसीपुर उपमहानगरपालिका १९ चिल्लीकोटबाट देखिएको धौलागिरि हिमाल । तस्बिर ः रासस
शम्शेरगञ्ज बजार
बाँके, माघ ३ गते । बाँकेको राप्तिसोनारी गाउँपालिका ८ स्थित महेन्द्र राजमार्गसँगै जोडिएको शम्शेरगञ्ज बजार । तस्बिर ः रासस
भूकम्पप्रतिरोधी संरचनाका लागि सचेतना जरुरी
भूकम्पीय जोखिम कम गर्न भूकम्पप्रतिरोधी संरचना निर्माणसँगै नागरिकमा सचेतना आवश्यक रहेको कार्यक्रमका सहभागीले बताएका छन् ।
मौरीपालनबाट लाभान्वित किसान
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–९ का विष्णुबहादुर खड्का अचेल मौरीको चरन व्यवस्थापन गर्न र मह काढ्न व्यस्त हुनुहुन्छ । दुई वर्षअघि दुई घारबाट मौरीपालन सुरु गर्नुभएका उहाँको हाल २८ घार मौरी रहेका छन् ।
पुसमै पाक्यो ‘चैते काफल’
तुलसीपुर, माघ ३ गते । चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुष माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ । हुन त धेरैतिरबाट यस्ता खबरहरू आउने भएकाले आजभोलि कतिपयका लागि यो आश्चर्यको विषय होइन तर दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा भने धेरै जना आश्चर्यचकित छन्, किनकि यहाँ पुषमै काफल पाक्न थालेको छ । विगत वर्षदेखि यस क्षेत्रमा कुनै वर्ष कि चैतभन्दा पछि, कि त त्यसअघि नै काफल पाक्न थालेपछि धेरैलाई अचम्म लाग्न थालेको हो । “गएको वर्ष जेठसम्म पनि चैते काफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको छ । यस्तो कहिल्यै हुन्थेन । यो के अचम्म भएको हो रु“, आश्चर्य मान्दै स्थानीय प्रवीर पुनले भन्नुभयो । केही वर्षअघिसम्म चैते काफल चैतमै पाक्ने गरेको भए पनि पछिल्लो समय कहिल्यै अघि र कहिल्यै पछि पाक्दा आफूहरू अचम्मित भएको उहाँको भनाइ छ । यस वर्ष पुसमै काफच चाख्न पाएको पुनले जानकारी दिनुभयो । यहाँ पुसको तेस्रो हप्तादेखि काफल पाक्न थालेको हो । जलवायु परिबर्तनका कारण यस्तो समस्या देखिने गरेको तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताउनुभयो । उहाँका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै काफल पाकेको उहाँको भनाइ छ । “यस वर्ष १० डिग्रीभन्दा कम तपक्रम नै भएन”, उहाँले भन्नुभयो, “यसको प्रभावले पनि छिट्टै काफल पाकेका हुन् ।”बिरुवामा हर्मोनल प्रभावले यसरी समयभन्दा ढिलो र छिटो हुने गौतमको भनाइ छ । बिरुवामा पातको मुना आउने र फूलको मुना आउने आ–आफ्नै समय हुने गरेको भए पनि यसपटक सँगसँगै पातको मुना र फूलको मुना आउँदा पनि त्यस्तो प्रभाव परेको हुनसक्ने उहाँको भनाइ छ ।
पानी उद्योग सञ्चालन
गुल्मीमै पहिलो पटक पानी उद्योग सञ्चालनमा आएको छ । रेसुङ्गा नगरपालिका–३, छल्दीखोला किनारमा ‘रेसुङ्गा जल’ उद्योग प्रालि नामले शुद्ध पिउने पानी उद्योग सञ्चालनमा आएको हो ।
नेपालगगन्ज भुकम्प जोखिममा
सहरीकरण हुँदैजाँदा भौतिक संरचना भूकम्प प्रतिरोधी बनाउन ध्यान नदिएको र ठुलो संख्यामा धेरै पुराना घरहरु रहेकाले नेपालगगन्ज भूकम्पको उच्च जोखिममा रहेको छ। विगतमा भूकम्पले देशमा ठुलो क्षति गरेपछि सरकारी स्थलमा बन्ने संरचना भूकम्प प्रतिरोधी बनाउन थालिए पनि व्यक्तिगत रूपमा हुने निर्माणमा लापरवाही अझै पाइने गरेको छ ।
‘भूकम्प प्रतिरोधी संरचनासँगै नागरिकमा सचेतना’
भूकम्पीय जोखिम कम गर्नका लागि भूकम्प प्रतिरोधी संरचना निर्माणसँगै नागरिकमा सचेतना आवश्यक रहेको कार्यक्रमका सहभागीले बताएका छन् ।
बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित
पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेको हो । ती क्षेत्रमा बिहानैदेखि शीतलहर, बाक्लो हुस्सुले गर्दा जिल्लामा चिसो बढेको छ ।
‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा नेपालगन्जबाट हुँदै आएका हवाई उडान दुई दिनदेखि बन्द भएको छ ।
बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
बाँकेमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लास्थित राप्तीसोनारी–७ फत्तेपुर सर्रामा मङ्गलबार साँझ सात बजेतिर नरैनापुरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७७४ नम्बरको बस र फत्तेपुरबाट नेपालगन्जतिर आइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएको थियो ।
सिद्धबाबा सुरुङमार्ग छिचोलिने तय
बहुप्रतीक्षित सिद्धबाबा सुरुङमार्ग छिचोल्ने अन्तिम कार्य (ब्रेक थ्रु) प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ ।