लुम्बिनीमा पुरक बजेट नल्याउने : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१–०८२ मा पुरक बजेट नल्याउने बताउनुभएको छ । नेकपा (एमाले) धुर्कोट गाउँ कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
स्मार्ट कृषि गाउँ कार्यक्रम, प्रदेश सरकारको करोडौं लगानी
ऐरावती गाउँपालिका ६ मा स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि किसानहरू व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।
प्रथम छिल्लीकोट दौड हुँदै
राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्तीका अवसरमा छिल्लीकोट दौड आयोजना गरिएको छ।
जलक्रिडा गर्दै मरुल
बाँके, पुस २७ गते । नेपालगञ्ज उपमहानगपालिका वडा नं २१ र २२ को सिमानामा रहेको कान्तितालमा पैडी खेल्दै मरुल चराको जोडी । तस्बिरः रासस
काठमाडौँबाट भारत लैजाँदै गरेको भेप नियन्त्रणमा
राजस्व अनुसन्धान कार्यालय बुटवलले ठुलो मात्रामा भन्सार छलीको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ ।
अग्रजको योगदान र समर्पणले परिवर्तन सम्भव : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अग्रजहरुको योगदान र समर्पणले नै मुलुकमा परिवर्तन सम्भव भएको बताउनुभएको छ । शुक्रबार गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका ५, कालिकास्थान वस्तुमा पूर्वसांसद रुद्रमणी शर्मा भण्डारी, पूर्व जिल्ला विकास समिति उपसभापति परमानन्द भण्डारी र पूर्व गाविस अध्यक्ष टोमलाल पाण्डेको शालिक अनावरण गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
अपाङ्गता भएकालाई घरमै परिचयपत्र
जिल्लामा झिमरुक गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गरेको छ । पूर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिलाई घरमै पुगेर परिचयपत्र वितरण गरेको हो ।
दुर्घटना नियन्त्रणका लागि ट्राफिक लाइट जडान
बुटवल उपमहानगरपालिकाले बढी भीड हुने चार वटा क्षेत्रमा सवारी व्यवस्थापनसहित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक लाइट जडान गरेकाे छ ।
खाना महोत्सव तथा माघे संक्रान्ति मेलाको तयारी
बुटवलमा खाना महोत्सव तथा माघे संक्रान्ति मेला गर्ने तयारी गरिएको छ ।
भिरबाट लड्दा दुई जना घाइते
मकवानपुरको भीमफेदी गाउँपालिकामा भिरबाट लडेर दुई जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका ९ स्थित साल बिसाउनेका सुनिल गोले र प्रशान्त गोले भिरबाट लडेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
‘दलमा महिलालाई नेतृत्व दिन कन्जुस्याइँ गर्छन्’
नेपाली काँग्रेस महासमिति सदस्य शोभा शाक्य पाल्पामा सक्रिय महिला हुनुहुन्छ । पञ्चायती कालदेखि नै राजनीति गर्दैै आउनुभएकी उहाँ परिवर्तनकारी आन्दोलनमा सँधै अग्रभागमा रहनुभयो । तर पनि दलको मुख्य पदमा उहाँ कहिल्यै अवसर पाउनु भएन ।
फुटबल खेलाडी ५० हजारसहित सम्मानित
राष्ट्रिय यू–१३ पुरुष फुटबल टिममा छनोट भएका खेलाडीलाई रामपुर नगरपालिकाले सम्मान गरेको छ ।
चिसो बढेपछि कोहलपुरका विद्यालय चार दिन बन्द
शीतलहर र चिसो अत्यधिक बढेपछि बाँकेको कोहलपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ ।
विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण
सशस्त्र प्रहरीले सीमावासीसँग सम्बन्ध विस्तार गर्न सञ्चालन गरेको ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत बाँकेको दुर्गम र कम विकसित क्षेत्र मानिने नरैनापुरको नाकामा रहेका विपन्न बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ ।
शीतलहरबाट बाँकेमा ३५ सय परिवार प्रभावित हुने
हाल सुरु भएको शीतलहरबाट बाँके जिल्लामा एक लाख ७८ हजार जनसङ्ख्या प्रभावित हुने जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
गुल्मीमा सुन्तला उत्पादन बढ्यो
गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषकले मनग्ये आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् ।
भेडे खुर्सानीका बेर्ना
देउखुरी, पुस २६ गते । घाेराही उपमहानगरपालिका–१०, अर्घुस्थित हरि तरकारी कृषि फर्ममा रोप्ने बेला भएको भेडे खुर्सानीका बिरुवा । तस्बिरः रासस
विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’
तुलसीपुर–१ छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आउनुभयो । मलेसियामा पनि राम्रो कमाई नभएपछि उहाँले गाउँमै केही गर्ने प्रण गर्नुभयो र सुरू गर्नुभयो विभिन्न मूर्ति बनाउन ।
गुल्मी भार्सेका किसान व्यावसायिक किबीखेतीमा आकर्षित
गुल्मीमा व्यावसायिक किबीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका किसानले किबी बिक्री गरेर वार्षिक रु ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् ।
कुकुर पाल्न नगरपालिकाको स्वीकृति
सदरमुकाम तम्घासमा कुकुरले हैरान बनाएपछि कुकुर पाल्नका लागि नगरपालिकाको स्वीकृति अनिवार्य गरेको छ ।
गाउँघरमा माघी महोत्सव सुरु
रुपन्देहीका थारू समुदायको बसोबास रहेको गाउँमा माघी महोत्सव सुरु भएको छ ।
तोरीको कुन्यु
दाङ, पुस २६ गते । दाङको शान्तिनगर गाउँपालिका(५ रगैचामा किसानले खेतमा बनाएको तोरीको कुन्यु । तस्बिरः रासस
रोकिन थाल्यो सिमेन्ट निर्यात
भारत सरकारको ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बिआइएस) ले गुणस्तरसम्बन्धी इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आइएसआई) मार्क (सर्टिफिकेट) नवीकरण नगर्दा नेपाली सिमेन्ट निर्यात रोकिएको छ ।
मुस्लिम समुदायको सशक्तीकरण प्रदेश सरकारको प्राथमिकतामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तीकरण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।