भारतले 'आइएसआई' नवीकरण नगर्दा सिमेन्ट निर्यात रोकियो
भारत सरकारको ब्युरो अफ इण्डियन स्ट्यान्डर्स (बिआईएस)ले गुणस्तरसम्बन्धी इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आइएसआई) मार्क (सर्टिफिकेट) नविकरण नगर्दा नेपाली सिमेन्ट निर्यात रोकिएको छ ।
महायज्ञमा चार करोड ४१ लाख दान सङ्कलन
शहीद बहुमुखी क्याम्पस रामपुरमा भएको महायज्ञमा चार करोड ४१ लाखभन्दा बढी दान सङ्कलन भएको छ । गत पुस १६ देखि २३ सम्म भएको धनधान्याञ्चल श्रीमद भागवत ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा चार करोड ४१ लाख ५९ हजार ८६३ रुपियाँ दान संकलन भएको हो ।
२४ किलो बढी चरेससहित तीन पक्राउ
दाङमा प्रहरीले २४ किलो बढी अवैध लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।
सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’ को पर्खाइमा
सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ छिचोल्ने (ब्रेक थ्रु) काम अन्तिम चरणमा पुगेको छ । केही दिनभित्रै सुरुङ छिचोल्ने तयारी गरिएको छ । औपचा
काउलीको व्यापार
बाँके, पुस २५ गते । बाँकेको नेपालगञ्ज उममहानगरपालिका ५ भट्टाटोलमा मोहम्मद शेर कवाडिया र अजाज कवाडियाले १२ कठ्ठा जग्गा भाडामा लिएर गरेको तरकारीखेतीमा उब्जनी भएको काउली हाटबजारमा बिक्रीका लागि अटोरिक्सामा राखेर लैजाँदै । तस्बिरः रासस
गैरागाउँमा च्याउखेती
दाङ, पुस २५ गते । दाङको घोराही उपमहानगरपालिका १७ स्थित गैरागाउँमा व्यावसायिक च्याउ खेतीका लागि बनाइएका टनेल । तस्बिरः रासस
दाउन्नेको सडक पार गर्नै सकस
बाक्लो हुस्सु र शीतलहरका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको यात्रा निकै सकसपूर्ण हुने गरेको छ । चिनियाँ ठेकेदार कम्पनीले निर्धारित समयमा काम नगर्दा धुलाम्य भएको सडकमा बाक्लो हुस्सु र शीतलहरले बाटो चिप्लो भएपछि सवारी साधन आवागमनमा निक्कै समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रेसम बोहोराले बताउनुभयो ।
रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको माग
चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम संरक्षणको अभावमा ओझेलमा परेको छ । रामायणकालीनस्थलका रूपमा परिचित आश्रम विकास र संरक्षणका लागि ठोस पहल नहुँला ओझेलमा परेको हो ।
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजनामा आजदेखि २९ गतेसम्म दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागितामा टी–२० छनोट प्रतियोगिता हुन लागेको हो ।
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
पाल्पामा एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको छ । एक जनाको रुखबाट लडेर मृत्यु भएको छ भने अर्का एक जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई नमुना बनाउनुपर्छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना विश्वविद्यालय बनाउनेगरी भूमिका बढाउन सम्बद्ध सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभएको छ ।
घुस लिने विद्यालयका लेखापाल र व्यवस्थापन समितिका सदस्य पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निर्माण गरी भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा विद्यालयका दुईजनालाई पक्राउ गरेको छ ।
नेपालगञ्जमा मोमो महोत्सव हुँदै
नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मोमोे महोत्सव आयोजना हुने भएको छ । नयाँ वर्ष २०२५ को सुरुआतसँगै दोस्रो मोमोे महोत्सव गर्न लागिएको हो ।
धर्मशालामा लक्ष्मीनारायण पाटी सङ्ग्रहालय सञ्चालन
रामपुर नगरपालिका–४, खोप्टारमा रहेको धर्मशालामा लक्ष्मीनारायण पाटी सङ्ग्रहालय सञ्चालनमा आएको छ ।
रिडीमा कृषि मेला प्रदर्शनी हुने
गुल्मीको रिडीमा जिल्लास्तरीय कृषि मेला प्रदर्शनी हुने भएको छ ।
बसको ठक्करबाट महिलाको मृत्यु
बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
विशेषगरी मुस्लिम समुदायमा रहेको बालविवाहको गलत अभ्यासलाई न्यूनीकरण गर्न नेपालगञ्जका युवा सक्रिय हुन थालेका छन् ।
चिसो बढेपछि नगरपालिकाद्वारा दाउरा वितरण
शीतलहर र अत्यधिक चिसो बढेपछि बाँकेको कोहलपुर नगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
हुस्सुले आन्तरिक हवाई उडान प्रभावित
बाक्लो हुस्सु र शीतलहरले रुपन्देहीको भैरहवा र आसपास क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।
प्रधानमन्त्री कप प्रदेशस्तरीय महिला खेलाडी छनोट प्रतियोगिता लमहीमा हुने
प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला खेलाडी छनोट टि–२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ ।
लुम्बिनीको दान रकम गणना, एक करोडभन्दा बढी सङ्कलन
बुद्धजन्मस्थल रूपन्देहीको लुम्बिनीस्थित मायादेवी मन्दिरको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपियाँ सङ्कलन भएको छ।
शीतलहरले बाँके र बर्दियाको जनजीवन प्रभावित
पछिल्लो केही दिनदेखि चिसो बढेर सुरु भएको शीतलहरका कारण पश्चिम नेपालका तराईका जिल्लाहरु बाँक र बर्दियाको जनजीवन अत्यधिक प्रभावित भएको छ ।
नेपाल–भारत संयुक्त सुरक्षा गस्ती
कपिलवस्तुको नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती गरिएको छ । गस्तीका व्रmममा सीमा क्षेत्रमा भइरहेको बढ्दो चोरी निकासी तथा पैठारी न्यूनीकरण, सीमावर्ती अपराध नियन्त्रण,
दुई सय ५५ विपन्न विद्यार्थीलाई न्यानो कपडा
ऐरावती गाउँपालिकाको ४१ वटा सामुदायिक विद्यालयका दुई सय ५५ विपन्न विद्यार्थीले न्यानो कपडा पाएका छन् । स्थानीय युवाहरुले सञ्चालन गरेको फेसबुक अभियानबाट उठेको रकमले उनिहरुलाई न्यानो कपडा उपलब्ध गराएका हुन् ।