• ५ चैत २०८१, मङ्गलबार

डिभाइडर नहुँदा सडक दुर्घटना बढ्यो

blog

घोराही –१७ गुलरिया पार्कस्थितको सडक । तस्बिरः सन्तोष दहित

सन्तोष दहित

दाङ, चैत ५ गते । डिभाइडर नहुँदा दाङको घोराहीको दिपशिखा रोडमा दुर्घटनाको जोखिम बढ्दैगएको छ । सडकको स्तरोन्नति र कालोपत्रे गरिए पनि सडका डिभाइडर नबनाउँदा दुर्घटनाको जोखिम बढेको स्थानीयहरुको गुनासो छ ।

“यो रोडमा चारवटा स्कूल पर्छ, सडकमा मोटरसाइकल तथा गाडीहरु जथाभावी चलाउँछन्, घोराही उपमहानगरपालिका –१७ गुलरियाका अशोक चौधरीले भन्नुभयो, “डिभाइडर नहुँदा आफ्ना छोराछोरीलाई स्कूल पुर्याउन समस्या भएको छ ।”

ूयो रोडमा दिनहुजसो दुर्घटना हुन्छ, जथाभावी मोटरसाइकल चल्ने भएकाले हामी पैदलयात्रा गर्नेहरुलाई समस्या भएको छ, उहाँले भन्नभयो, “उनीहरु बिना साइडमा र स्पिडमा मोटर गाडी  चलाउँछन्, डिभाइडर भएको भए सजिलो हुनेथियो” उहाँले भन्नुभयो ।

उक्त सडक व्यस्त हुनेभएकाले विद्यार्थी र पैदल यात्रुलाई समस्या हुनेगरेको उहाँले बताउनुभयो । उहाँको अनुसार दिपशिखा चोकदेखि गुलरियापार्क हुँदै प्रहरी स्कूलसम्म दुर्घटना बढी जोखिम हुनेगरेको छ । सडकको स्तरोन्नति भए पनि वर्षौदेखि डिभाइडर बनाएको छैन ।