माघी मेलामा थारू कलाकार
बाँके, पुस २९ गते । माघी पर्वको अवसरमा बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामामा आयोजित माघी मेलामा नाचगान गर्दै स्थानीय थारू कलाकारहरु । तस्बिरः रासस
ट्रककाे ठक्करबाट एक युवाको मृत्यु
ट्रकको ठक्करबाट कपिलवस्तुमा एक युवाको मृत्यु भएको छ । सोमबार बिहान ७ः३० बजे बुद्ध भूमि २ वडहरा पुल नजिक भएको दुर्घटनामा सोही वडा गोरुसिङ्गे घर भएका वर्ष २० का अर्जुन थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताउनु भयो ।
सबै दलको सहमतिमा संविधान संशोधन
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले संविधान संशोधन सबै दलको सहमतिमा हुने बताउनुभएको छ । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले संविधान संशोधन गर्ने बेला आएकाले
बदलिँदो थारु समाज र साहित्यक विषयक् गोष्ठी
साहित्यको विकासका लागि क्रियाशील संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले माघी पर्वको पूर्वसन्ध्यामा कोहलपुर नगरपालिका अन्तर्गतको थारु गाउँ रझेनामा ‘बदलिँदो थारु समाज र साहित्य’ बिषयक बिचारगोष्ठी सम्पन्न गरेको छ ।
सबैलाई समेटेको यो संविधान उत्कृष्ट छ : प्रमुख मियाँ
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले अहिलेको संविधान उकृष्ट भएको बताउनुभएको छ । गृह जिल्ला अर्घाखाँची आउनु भएका मियाले आइतबार पत्रकारसँग कुरा गर्दै सबै क्षेत्रलाई समेटी बनाएको संविधान उत्कृष्ट रहेको बताउनुभयो ।
नेपाल–भारत सुरक्षा अधिकारीको समन्वय बैठक सम्पन्न
भारत बहराईचको प्रमुख जिल्ला अधिकारी (डीएम) को कार्यालयले आयोजना गरेको समन्वय बैठकमा भारतको बहराईच र नेपालको बाँके तथा बर्दिया जिल्लाका सुरक्षा अधिकारीको सहभागिता रहेको थियो।
बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु
बर्दियाको ठाकुरबाबा नगरपालिकामा पाटे बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
बिक्रीका लागि राखिएको तरुल र सखरखण्ड
बाँके, पुस २८ गते । माघे सङ्क्रान्ति नजिकिएसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको धम्बोझीचोकमा बर्दियाको तारातालबाट ल्याएर सखरखण्ड बेच्दै व्यापारी । बाँकेमा सखरखण्ड प्रतिकिलो रु. १००, रातो तरुल रु. २०० र सेतो तरुल रु. १०० मा बिक्री भइरहेको व्यापारी बताउँछन् । तस्बिरः रासस
एप्पल बयर
दाङ, पुस २८ गते । दाङको घाेराही उपमहानगरपालिका३ स्थित झिग्नीका स्थानीय रमेश केसीको बारीमा फलेको एप्पल बयर । तस्बिरः रासस
करोडौँ लगानीको भ्युटावर प्रयोगविहीन
रुपन्देहीको तिलोत्तमास्थित वनवाटिकामा २०७८ सालमा निर्माण भएको भ्युटावर प्रयोगविहीन भएको छ ।
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती
शीतलहर सुरु भएर अत्यधिक चिसो बढेका बेला बाँकेको राप्तीपारि नरैनापुरमा तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा पैदल गस्ती सुरु गरेको छ ।
खाडलका कारण आवागमन असहज
सदरमुकाम तम्घासकै सडकका बिचमा ठुलठुला खाडल हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
प्रकोपले सुन्तला कृषक आम्दानीविहीन
कुनै समय निस्दी गाउँपालिका–५, बहपुरका कृषकलाई मङ्सिर र पुसमा सुन्तला टिप्न र बजार पठाउन भ्याइनभ्याइ हुन्थ्यो । लटरम्म फलेका सुन्तला बगैँचाले भरिएको बहपुरले सुन्तलापुरको पहिचान बनाएको थियो ।
सुप्रिम सहकारी ठगी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिरहेको रुपन्देही प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
माघी पर्वलाई गौरवपूर्ण रूपमा मनाउनुपर्छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले माघी पर्वलाई प्रदेशको ऐतिहासिक र गौरवपूर्ण पर्वका रूपमा मनाउन आवश्यक रहेको बताउनुभएको छ ।
बसको ठक्करबाट महिलाको मृत्यु
पाल्पामा फोर्स बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन –११, सामाकोटका ४६ वर्षीया सीता गहतराज रहेको प्रहरीले जनाएको छ ।
‘युवा विद्यार्थीलाई देशमै बस्ने वातावरण बनाउनुपर्छ’
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विद्यार्थीलाई स्वदेशमै बस्ने वातावरण तयार पार्न आग्रह गर्नुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी दाङको शनिबार भवन उदघाटन गर्दै महासचिव पोखरेलले देशमा गणतन्त्र स्थापना गर्न शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
अन्तरबैङ्क सापटी लिएर चेक साट्दै कर्णाली बैङ्क
नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त संस्था घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैङ्क लिमिटेडले अन्तरबैङ्क रकम सापटी लिएर दुई साताको अवधिमा करिब १० करोड निक्षेप फिर्ता गरेको छ ।
हाइस्कुल क्रिकेटमा लुम्बिनीबाट प्यारामाउन्ट छनोट
ई–प्लानेट नेसनल हाइस्कुल टी–१० क्रिकेट च्याम्पियनसिपका लागि लुम्बिनी प्रदेशबाट प्यारामाउन्ट बोर्डिङ हाइस्कुल छनोट भएको छ ।
तस्करी रोक्न सीमा क्षेत्रमा सशस्त्र प्रहरीको पैदल गस्ती
शीतलहर सुरु भएर चिसो अत्यधिक बढेको बेला बाँकेको राप्तीपारी नरैनापुरमा तस्करी तथा आपराधिक गतिविधि बढ्न नदिन सशस्त्र प्रहरीले सीमा क्षेत्रमा पैदल गस्ती सुरु गरेको छ।
रामपुरमा मनाइयो पृथ्वी जयन्ती
पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणसहित विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको छ ।
नागरिकलाई दिने सेवा प्रभावकारी बनाउँछौं : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले नागरिकलाई दिने सेवालाई प्रभावकारी बनाउन सुरु गरेको बताउँदै त्यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भएको छ ।
एक लाख पशुलाई खोरेत रोगविरुद्धको भ्याक्सिन लगाइने
बाँकेमा खोरेत रोग उन्मूलन गर्न एक लाख पशुलाई भ्याक्सिन लगाउन सुरु गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेले जनाएको छ ।
‘लुम्बिनी घुम्ने पर्यटक डुङ्गामा ठगिन्छन्’
सिद्धार्थ गौतम बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटक केन्द्रीय नहरमा चल्ने डुङ्गा चढेर रमाइलो गर्छन् । स्थानीय र बाहिरी देशबाट घुम्न आउने पर्यटकको डुङ्गामा चढेर फोटो भिडियो खिच्ने, टिकटक र रिल बनाउन मोहित हुन्छन् । तर त्यही डुङ्गामा पर्यटकहरु ठगिन्छन् ।