सन्तोष दहित
दाङ, चैत ७ गते । दाङमा एक कृत्रिम जलाशयमा डुबेर एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका –१७ स्थित भैसाहीकी ३९ वर्षीया सिता खनालको आरोग्य ड्याममा डुबेर विहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
उहाँको अनुसार विहीबार दिउँसो डुबेर मृत्य भएको अबस्थामा तालमा मृतकको शब फेला परेको थियो । मृतक खनालको शब पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी शाहले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।