सिराज खान
नेपालगन्ज, चैत ९ गते। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीपकुमार पौडेलले सरकारले आफ्ना नागरिकलाई रोग लाग्नै नदिने गरेर सचेत र सक्षम बनाउने अभियान संचालन गरिरहेको बताउनुभएको छ।
नेपाल चिकित्सक सङ्घ भेरी शाखाद्वारा स्वास्थ्यका लागि प्रातःकालीन हिँडाइ भन्ने मूल नारासहित शनिबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री पौडेलले सकेसम्म सबै नेपालीलाई निरोगी बनाउने अभियानमा सरकार सक्रिय रहेको बताउनुभएको हो।
मन्त्री पौडेलले डा. किशोर खत्रीको स्वास्थ्यका लागि प्रातकालीन हिँडाइ भन्ने कार्यक्रम र अभियान पनि सर्वसाधारणलाई बिरामी हुनबाट जोगाउने तथा शरिरलाई स्वस्थ्य र निरोगी राख्न सहयोग गर्ने भएकाले सरकारको पूर्ण सहयोग र समर्थन रहने बताउनुभयो।