• १० चैत २०८१, आइतबार

फोनिज कपिलवस्तुको अध्यक्षमा चौधरी

blog

फोनिज कपिलवस्तुको नवनिर्वाचित अध्यक्ष रामअवतार चौधरी ।

सन्तोष दहित 

दाङ, चैत ८ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कपिलवस्तुको अध्यक्षमा रामअवतार चौधरी सर्वसम्मत चयन हुनुभएको छ । बाणगंगा नगरपालिका –४ स्थित सामुदायिक रेडियो बुद्ध आवाजको प्रांगणमा सम्पन्न फोनिजको दोस्रो जिल्ला अधिवेशनले चौधरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

समितिको उपाध्यक्षमा रचना खासु मगर, सचिवमा सिर्जना थारु, कोषाध्यक्षमा उत्तम चौधरी, सहसचिवमा नरेश थारु चयन हुनुभएको फोनिजका केन्द्रीय सदस्य कमलसिंह थारुले जानकारी दिनुभयो ।  यस्तै सदस्यहरूमा सरस्वती श्रेष्ठ, मनिषा मगर, सुमन थारु सर्वसम्मत निर्वाचित भएको उहाँले बताउनुभयो । 

अधिवेशन उद्घाटनसत्रमा बोल्ने बक्ताहरुले आदिवासी समुदायको हकहितमा फोनिजको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने जोडदिनुभयो । फोनिजका अध्यक्ष सैलेन्द्रकुमार श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय सदस्य कमलसिंह थारु, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरिता थारु, थारु कल्याणकारी सभाका पूर्व केन्द्रीय सदस्य जन्जिरप्रसाद थारु, थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य उमाशंकर चौधरी लगायतले बोल्नु भएकोथियो ।