सन्तोष दहित
दाङ, चैत ७ गते । नेकपा (एमाले) दाङका युवा नेता श्रष्टा अचार्यलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । विहीबार विहान ८ बजेतिर आचार्य एक्कासी बेहोस हुनुभएको उहाँको परिवारका सदस्यले बताएका छन् । उहाँ बेहोस् भएपछि उपचारका लागि आचार्यलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोथियो ।
प्रतिष्ठानमा उपचार गर्दा पनि होस नआएपछि थप उपचारका लागि दाङको घोराहीमा चार्टर गरेर हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको एमाले दाङ सचिवालय सदस्य विवेक श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँलाइ थप उचारका लागि काठमाडौंस्थित ह्यम्स अस्पताल पठाइएको उहाँले बताउनुभयो । यद्यपि के कारणले बेहोस् हुनुभयो त्यो भने खुलाइएको छैन । आचार्य नेकपा (एमाले) दाङका पूर्वसचिव स्वर्गीय श्रीमणी आचार्य र तुलसीपुर उपमहानगरपालिकाकी निवर्तमान उपमेयर माया आचार्यको छोरा हुनुहुन्छ ।