• १९ चैत २०८१, मङ्गलबार

भूमि समस्या समाधान आयोगद्वारा जग्गा नापजाँचको काम सुरु

blog

कल्पना खरेल

नवलपरासी पश्चिम, चैत ७ गते । नवलपरासी पश्मिचममा भूमि समस्या समाधान आयोगले आजबाट जग्गा नापजाँचको काम सुरु गरेको छ । जिल्लाको ग्रामिण क्षेत्र अन्तर्गत रहेको प्रतापपुर गाउँपालिकाको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको हो ।

प्रतापपुर गाउँपालिकाको ९ वटै वडामा क्रमैसगँ जग्गा नापजाचँका काम अगाडि बढाइने प्रतापुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनुभयो । जिल्लाको सात वटा पालिकामध्ये पाल्हिनन्दन गाउँपालिका बाहेक अन्य सबै पालिकामा लालपुर्जा वितरणका लागि भूमिहिन र अव्यवस्थित बासोबासीका फारम भरिसकिएको छ ।

जिल्लामा २१ हजार २ सय २८ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको भूमि समस्या समाधान आयोगका अध्यक्ष लाल बहादुर गुरुङले बताउनुभयो । आयोगका अनुसार सबैभन्दा धेरै बर्दघाट नगरपालिकामा ७ हजार २ सय ७४, सुनवल नगरपालिकामा ६ हजार १ सय १२ , सरावल गाउँपालिकामा २ हजार ४ सय ३, सुस्ता गाउँपालिकामा २ हजार ३ सय, प्रतापपुर २ हजार ९ सय १७, रामग्राम नगरपालिकामा १ हजार ५ सय ८३ जनाले फाराम भरेका छन् । 

पाल्हिनन्दन गाउँपालिका भने भूमि सम्बन्धि कुनै काम अगाडि बढेको छैन ।