नवलपरासी आलुमा आत्मनिर्भर
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यसवर्ष थप ११ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार भएको छ । किसान आलुखेती तर्फ आकर्षित हुँदा गत वर्षभन्दा यसवर्ष जिल्लामा आलुखेती थप ११ हेक्टर क्षेत्रफलमा विस्तार भएको हो ।
आन्दोलनरत कर्मचारीले हटाए शिक्षण अस्पतालको बोर्ड
नेपालगन्ज मेडिकल कलेजका आन्दोलनरत कर्मचारीले नेपालगन्जस्थित मेडिकल कलेजको शिक्षण अस्पतालमा लगाइएको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको बोर्ड हटाइदिएका छन् ।
पोखराथोकका कृषकको बगैँचामा सुन्तला पाकेर पहेँलपुर
अर्घाखाँचीको पाणिनी गाउँपालिका २ स्थित पोखराथोकका कृषक भाष्कर पौडेलको बगैँचामा पहेँलपुर भएर पाकेको सुन्तला।
बिदेशबाट फर्केर कृषि कार्यमा जमेका कृषक
बाँकेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरीका किसान गोकुलबहादुर वली विदेशबाट फर्केर आफ्नै ठाउँमा भैंसीपालन गरी राम्रो आम्दानी गरिरहनुभएको छ ।
बाँकेको कोहलपुरमा क्याफे कविता
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा क्याफे कविताको पहिलो शृंखला कोहलपुरमा सम्पन्न भएको छ।
बाँकेमा साहित्यिक सांस्कृतिक विधागत प्रशिक्षण
बाँकेको खजुरा गाउँपालिकाको खजुरा प्रज्ञा प्रतिष्ठानले साहित्यमा रुचि राख्नेहरूलाई नेपाली भाषाको साहित्यबारे जानकारी गराउने उद्येश्यले सञ्चालन गरेको विधागत प्रशिक्षण सम्पन्न भएको छ ।
कुहिरो लक्षित अभियानमा ट्राफिक प्रहरी
कुहिरोको कारणले हुने दुर्घटनाको सम्भावित जोखिम कम गर्न कपिलवस्तु ट्राफिक प्रहरीले सक्रियता बढाएको छ ।
भैरहवा नाका हुँदै भित्रिए १९७ देशका साढे ९२ हजार पर्यटक
रुपन्देहीको बेलहिया नाका हुँदै सन् २०२४ मा १ सय ९७ देशका पर्यटक नेपाल आएका छन् । जसमध्ये सर्वाधिक धेरै पर्यटक आएका प्रमुख पाँच मुलुकमा क्रमशः श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, भियतनाम र दक्षिण कोरिया छन् ।
पर्यटकीय स्थल कमल दह
रुकुम पूर्व, पुस २१ गते । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा अवस्थित पर्यटकीय स्थल कमल दह । तस्बिरः रासस
माघी अघि मघौटा र सिङ्गारु नाचको रमाइलो
मञ्चमा पालैपालो मघौटा नाच चलिरहेको थियो । दर्शक पनि त्यसमा रमाइरहेका थिए । बूढापाकादेखि नयाँ पुस्ताले मघौटा नाच नाचिरहेका थिए । नयाँ पुस्ता केही नयाँ शैलीमा नाच्न खोज्दै थिए भने बूढापाका परम्परादेखि नाच्दै आएको मघौटा नाच नाचिरहेका थिए ।
बाँके फुटबलमा मनोनित पदाधिकारीको पदभार ग्रहण
बाँके जिल्ला फुटबल संघले मनोनित गरेका पदाधिकारी र महिला फुटबल समितिमा मनोनित पदाधिकारीको पदभार ग्रहण र बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
सिपयुक्त जनशक्ति उत्पादन प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गुणस्तरीय र सिपयुक्त जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
शीतलहरले जनजीवन प्रभावित
नेपालगन्ज लगायत बाँकेका विभिन्न स्थानमा मध्य पुसदेखि सुरु भएको चिसो बढ्दै गएको छ । केही दिनदेखि शीतलहरसमेत पर्न थालेपछि यहाँको जनजीवन झनै कष्टकर बन्दै गएको हो ।
भेरी अस्पतालको सिटिस्क्यान मर्मत नहुँदा बिरामीलाई सास्ती
पश्चिम नेपालका २४ जिल्लाका बिरामीलाई सस्तो र सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालको सिटिस्क्यान पाँच महिनादेखि बिग्रिएर थन्किएको छ ।
पर्यटकीय गन्तव्य बन्दै बाइसधारा
प्युठान नगरपालिका –९ स्थित पाखाचितिमा रहेको बाइसधारा बुलबुले मूल जिल्लाको पर्यटकीय क्षेत्रको रूपमा पहिचान बोकेको छ । प्रचार प्रसार र भौतिक पूर्वाधार विकास नहुँदा ओझेलमा परेको बाइसधारा बुलबुलेमा पछिल्लो समय आन्तरिक पर्यटक पुग्न थालेका छन् ।
विषय विज्ञसहितको टोलीद्वारा सामुदायिक विद्यालय अनुगमन
गुल्मीमा विषय विज्ञसहितको टोलीले सामुदायिक विद्यालयमा अनुगमन सुरु गरेको छ । शिक्षा विकास तथा समन्वय एकाइले वार्षिक कार्यक्रमअन्तर्गत यस जिल्लाका सामुदायिक विद्यालयहरुको अवस्थाबारे जानकारी लिने उद्देश्यसहित अनुगमन थालेको हो ।
‘लेफ्ट साइड वाइडनिङ कन्सेप्ट’ कस्तो बन्दैछ गोरुसिङ्गे चन्द्रौटा सडक
सडक निर्माण गर्दा जनताले सास्ती नपाउन भन्ने उद्देश्यले गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड “लेफ्ट साइड वाइडनिङ कन्सेप्ट” मा डिजाइन गरिएको छ । बुटवल नारायणगढ सडक निर्माणमा स्थानीय जनता र यात्रुहरुले पाएको सास्ती हटाउन नेपालमा पहिलो पटक नयाँ कन्सेप्ट प्रयोग गरिने भएको छ । बुटवल गोरुसिङ्गे सडक खण्डमा पनि यही कन्सेप्ट प्रयोग गर्ने सोच रहेको छ ।
मौलिक भेषभूषामा थारू युवती
दाङको घोराही उपमहानगरपालिका १५ स्थित शहीद मञ्चमा थारू कल्याणकारिणी सभाको आयोजनामा शुक्रबार भएको माघ सांस्कृतिक महोत्सवमा मौलिक भेषभूषामा सजिएर आएका तुलसिपुर उपमहानग
‘थारू समुदायको प्रतिनिधित्व सुनिश्चित’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले थारू समुदायको प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको बताउनुभएको छ ।
हात्तीपाइले रोगको जोखिम उच्च
हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान प्रभावकारी नहुँदा बाँकेका तीन पालिका अझै पनि सो रोगको उच्च जोखिममा छन् ।
क्षमताभन्दा बढी कैदी
जिल्ला कारागार गुल्मीमा २५ जनाको क्षमता भएको कारागार छ तर त्यहाँ तीन गुणाभन्दा बढी कैदी बस्न बाध्य छन् ।
माघ सांस्कृतिक महोत्सव सुरु
दाङको घोराहीमा शुक्रबारदेखि माघ सांस्कृतिक महोत्सव सुरु भएको छ ।
सेरामिक इन्डस्ट्रिज प्रथम
बुटवलमा सञ्चालन भएको औद्योगिक व्यापार मेलामा सहभागी पाँच सय स्टलमध्ये नेपाल सेरामिक इन्डस्ट्रिज प्रालि प्रथम भएको छ ।
कालीगण्डकीमा बालिकाको शव फेला
नौ दिनदेखि सम्पर्कविहिन भएकी बालिकाको शव कालीगण्डकी नदीमा भेटिएको छ । जिल्लाको रामपुर नगरपालिका –८, रानीबास बस्ने १६ वर्षीया पुजना श्रेष्ठको शव शुक्रबार रामपुर –६, स्थित कालीगण्डकी नदी किनारमा फेला परेको हो ।