रवि लामिछानेद्वारा पुनरावेदन
रुपन्देही जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलास पुगेर पुनरावेदन दिनुभएको छ ।
फागु गायन र नृत्य संरक्षण गरिँदै
फागुपूर्णिमाको दिन ऐतिहासिक स्थल लालपाटीमा फागु संस्कृति जगेर्ना गर्न विशेष कार्यक्रम गरिने भएको छ । फागु परम्परा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले बगनासकाली–२ स्थित लालपाटीमा फागु गायन तथा नृत्य प्रतियोगिता गर्न लागिएको हो ।
बाँझो जग्गामा केरा खेती
वर्षौंदेखि यसै बाँझिएर रहेको जग्गालाई सदुपयोग गर्दै गुल्मीमा केरा खेती सुरु गरिएको छ ।
संकटमा कुसुन्डा भाषा, संरक्षण गर्न माग
नेपालमा कुल १२४ भाषामध्ये सबैभन्दा लोपोन्मुख भाषा कुसुन्डा भाषा हो, जुन अहिले संकटमा छ । २०७६ माघ ११ गते ज्ञानुमैयाँ कुसुन्डाको निधनपछि यो भाषा बोल्ने एकमात्र पूर्णवक्ता ५० वर्षीया कमलासेन कुसुन्डा मात्र बाँकी रहनुभएको भनिन्छ ।
२९ किलो चरेससहित तीन जना पक्राउ
दाङमा प्रहरीले २९ किलो बढी लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज बाँके तथा जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त टोलीले आज आलु बोकेको बोराभित्र लुकाएर चरेश ओसार–पसार गर्न लागेको अवस्थामा २९ किलो ६९५ ग्रामसहित तीन जनालाई पक्राउ गरेको हो ।
बिदाइमा भावुक बने विद्यार्थी
विद्यालयको आङ्गन भावनाले भरिएको थियो । चारैतिर माला र अबिरले रङ्गिएको माहोल, आँखामा आँसु र मनभरी सम्झनाको बिसौनी बोकेर जनसहयोगी माध्यमिक विद्यालय, गौमुखी –५, खुङ्ग, प्युठानमा एसइई परीक्षार्थीको बिदाइमा अरु विद्यार्थी भावुक भएको दृश्य हो ।
सैनामैना गोल्डकप : कपिलवस्तु–११ फाइनलमा
कपिलवस्तु–११ सैनामैनाको मुर्गियामा जारी सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
गुल्मीमा नारायण कुमाल मृत फेला
गुल्मीमा ४३ वर्षीय नारायण कुमाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ बुल्मको कच्ची मोटरबाटोमा सोही वडाका कुमाल सोमबार मृत परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिनुभयो ।
बाँकेबाट १० हजारभन्दा बढी विद्यार्थीले एसइई दिँदै
आगामी चैत ७ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा बाँके जिल्लाबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् ।
फेन्सी पसलमा आगलागी
वीरेन्द्रनगरको एक फेन्सी पसलमा आगलागी हुँदा सामान जलेर नष्ट भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ बिच बजारमा रहेको फेसन हबमा आगलागी हुँदा धनमाल जलेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय हापुरेको भवन शिलान्यास
बबई गाउँपालिका वडा नम्बर ५ मा रहेको इलाका प्रहरी कार्यालय हापुरेको भवन शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले इलाका प्रहरी कार्यालय हापुरेको भवनको शिलन्यास गर्नुभएको हो ।
प्युठान उद्योग वाणिज्य सङ्घको अध्यक्षमा आचार्य सर्वसम्मत
प्युठान उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति निर्विरिध निर्वाचित भएको छ । सोमबार सम्पन्न निर्वाचन प्रक्रियाबाट अध्यक्षमा सन्देश आचार्य निर्विरोध निर्वाचित हुनुभएको हो ।
पशुपालनमा किसान आकर्षित
रोल्पामा पछिल्लो समय किसानहरू पशुपालनमा आकर्षित भइरहेको छन् । सरकारी तथा गैरसरकारी संस्थाहरूद्वारा किसानहरूलाई अनुदान र प्राविधिक सहयोग उपलब्ध गराएपछि पशुपालनमा किसानको आकर्षण बढ्दै गएको हो ।
बाँकेका स्थानीय तहबिच विपद् व्यवस्थापनका लागि समझदारी
बाँके जिल्लाका स्थानीय तहहरूले विपद् व्यवस्थापनका लागि ११ बुँदे साझा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
घोराहीमा विपद् उद्धार सम्बन्धी नमूना अभ्यास
दाङको घोराहीमा विपद् उद्धार सम्बन्धी नमूना अभ्यास गरिएको छ ।
ट्राफिक वरिष्ठ सई आचार्य सम्मानित
ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गर्दैआएको उल्लेख गर्दै ट्राफिक पोस्ट नेपालगन्जका प्रमुख प्रहरी वरिष्ठ सई प्रबिण आचार्यलाई आइतबार यहाँ सम्मानित गरिएको छ ।
जिपलाइनमा पर्यटककाे आकर्षण बढ्दो
गुल्मीमा जिपलाइनप्रति आकर्षण बढ्दै गएको छ ।
स्ववियु निर्वाचनले बढ्यो विद्यार्थीको गतिविधि
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुने मिति घोषणा भएसँगै विद्यार्थी सङ्गठनका गतिविधि बढ्न थालेका छन् । आउँदो चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि जिल्लाका विभिन्न क्याम्पसमा विद्यार्थी सङ्गठनले विभिन्न कार्यक्रम गर्न थालेका हुन् ।
सांस्कृतिक डबली सञ्चालन
लुम्बिनी प्रदेश सरकारको लगानीमा बनेको श्रीनगर सांस्कृतिक डबली (खुला नाचघर) सञ्चालनमा आएको छ । प्रदेश सरकारले तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको १५ महिनापछि डबलीमा सांस्कृतिक कार्यक्रम गर्न थालिएको हो ।
पाल्पाका किसान आलु थन्क्याउन व्यस्त
पाल्पा, फागुन २६ गते । खेतबारीमा किसानहरु आलु खन्ने काममा व्यस्त छन् । आलु खन्ने र उत्पादित आलु घरघरमा थन्क्याउने कार्य भइरहेका छन् । व्यावसायिक उत्पादनका लागि आलु लगाएका किसानले खेताला लगाएर आलु खन्ने काम गरिरहेका छन् । एकै पटक आलु उत्पादन भएपछि दिनभर खेताला लगाएर आलु खन्ने कार्य भएको पाल्पा रामपुरका युवा सुशील ढुङ्गाना बताउनुुहुन्छ । उहाँले रामपुर–५ सानीअमराई बहखोला खेतमा करिब आठ रोपनी खेतमा आलु लगाउनुभएको छ ।“शनिबार र आइतबार दुई दिनसम्म १६÷१७ जनाले आलु खन्ने काम भएको छ”, उहाँले भन्नुभयो, “एकै पटक उत्पादन हुने हुनाले परिवारले मात्रै खनेर नसकिने भएपछि खेताला खोजेर आलु खनिएको छ ।” उहाँले यस पटक चार क्विन्टल आलु लगाउनुभएको छ । उत्पादन राम्रै भएकाले आलुखेतीबाट उत्साहित हुनुहुन्छ । यो वर्ष करिब ५० क्विन्टल आलु उत्पादन हुने उहाँको अनुमान छ । रामपुर बेझाड बजारमा व्यवसाय सञ्चालन गर्नुभएका ढुङ्गानाले घरमा कृषि कार्यमा जोड दिँदै आउनुभएको छ । शनिबार पसल बन्दको समय पारेर खेताला खोजेर आलु खन्न सुरु गरेको उहाँले बताउनुभयो ।“आलु खन्ने काम भएको छ, फल राम्रो लागेकाले उत्पादन राम्रो छ, खेतमा दिनभर खेतालाबाट आलु खन्ने र साँझमा घरमा थन्क्याउने कार्यले एउटा आलु उत्सवजस्तै लागेको छ, घरका कोठाहरु अहिले आलुले भरिएका छन्, यो देख्दा रमाइलो लागेको छ, पसलमा काम नभएको समयलाई सदुपयोग गर्दै घरमा कृषि कार्य तथा पशुबस्तुको स्याहारमा व्यस्त हुन्छु, फुर्सदको समय मैले खेर फालेको छैन”, उहाँले भन्नुभयो । उहाँले खुमलटार रातो जातको आलु लगाउनुभएको छ । बाउबाजेको पालादेखि नै आलुखेती गर्दै आएको उहाँ बताउनुहुन्छ । पहिलापहिला घरायसी प्रयोजनका लागि मात्रै आलु लगाउने गर्नुहुन्थ्यो । हिजोआज भने बिक्रीका लागि उन्नत जातका आलु लगाउन थाल्नुभएको छ । रामपुर नगरपालिकाले शीतभण्डार निर्माण गरेपछि उहाँले व्यावसायिक उत्पादनमा जोड दिनुभएको हो । भण्डारण गर्न अन्यत्र लैजानु नपर्ने, आफ्नै गाउँ ठाउँमा भण्डारणको राम्रो सुविधा भएपछि व्यावसायिक ढङ्गबाट खेती गर्न थालेको ढुङ्गानाले बताउनुभयो । आलु खनेर सकेपछि शीतभण्डारणमा राख्ने र पछि बेमौसमीयाममा महँगो मूल्यमा बिक्री गर्ने लक्ष्यसहित योजनाबद्ध तरिकाले आलु लगाउने गरेको उहाँको भनाइ छ । अहिले सबैका घरघरमा आलु उत्पादन हुने हुँदा कम मूल्यमा आलु बिक्री गर्नुभन्दा बेमौसमी समयमा बिक्री गर्दा धेरै मूल्य पाइने भएपछि घरमा उत्पादन भएका सबै आलु शीतभण्डारणमा किसानले राख्ने गरेका छन् । यहाँका किसानलाई शीतभण्डारणको सुविधाले आलु भण्डारणका लागि अन्यत्र लैजानुपर्ने समस्या टरेको छ । पछिल्लो समय किसानले आलु उत्पादनमा जोड दिन थालेका छन् । रामपुर नगरपालिकाले स्थानीय उत्पादनलाई सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि तीन सय मेट्रिक टन क्षमताको सुविधा सम्पन्न शीतभण्डारण तयार पारेर सञ्चालनमा ल्याएको छ । रामपुर–६ स्थित कौवा बस्ने सीता देवकोटाले शीतभण्डारणमा आलु राख्ने तयारी गरिरहनुभएको छ । उहाँले आलु खनेर सकेपछि घरमा ग्रेडिङ गरेर भण्डारणका लागि शीतभण्डारणमा राख्न आलु तयार पारेर राख्नुभएको छ । रामपुर नगरपालिकाका किसानले आलुखेतीलाई व्यावसायिक खेतीमा जोड दिँदै आएका छन् । जिल्लाकै आलु उत्पादनका लागि राम्रो पकेट क्षेत्र रहेको हुँदा आलुबाट राम्रो आयआर्जन गर्न किसान सफल बनेका छन् । रामपुर नगरपालिका कार्यालय तथा वडा कार्यालयले अनुदान उन्नत जातका बीउ उपलब्ध, किसानलाई खेतबारीमै प्राविधिक सेवा, शीतभण्डारणको सुविधाजस्ता विविध कार्यक्रम सञ्चालन गरेपछि पछिल्लो समय यहाँका किसान आलुखेतीमा हौसिएका छन् ।
जटिल स्वास्थ्य समस्या ल्याउँदै नसर्ने रोग
समुदायमा पछिल्ला केही वर्षयता सरुवा रोगभन्दा नसर्ने रोगहरुका कारण स्वास्थ्य समस्या जटिल बन्दै गएको बताइएको छ ।
प्रधानमन्त्री कप क्रिकेट : कर्णालीको विजयी सुरुवात
प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ ।
जङ्गु र रुपालाई बाँके एमटिबी रेस उपाधि
जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ को मुख्य उपाधि जङ्गु थारू र रुपा थारूले जित्नुभएको छ ।
सामुदायिक वनमा महिला नेतृत्वको सफल अभ्यास
रूपन्देहीको देवदह–९ मा रहेको जनप्रिय सामुदायिक वन २०६६ सालमा महिलाको हातमा हस्तान्तरण भयो ।सामुदायिक वनमा महिला नेतृत्वसँगै संरक्षणमा स्थानीय महिलाको जीवनको एक महत्त्वपूर्ण पाटो बनेको छ । हस्तान्तरणको समयदेखि हालसम्म वनलाई महिला नेतृत्वले हाँकिरहेका छन् ।