• २६ फागुन २०८१, सोमबार

सैनामैना गोल्डकप : कपिलवस्तु–११ फाइनलमा

blog

सोमबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

छविलाल पाण्डे 

बुटवल, फागुन २६ गते । कपिलवस्तु–११ सैनामैनाको मुर्गियामा जारी सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

मुर्गिया फुटबल क्लबको आयोजनामा सोमबार मुर्गिया रङ्गशालामा भएको सेमीफाइनल खेलमा कपिलवस्त महावीर क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हरायो । 

पहिलो र दोश्रो हाफ बराबरी खेलका दुवै टिम अन्ततः पेनाल्टी सुटआउटमा पुगेका थिए । खेलको म्यान अफ दि म्याच कपिलवस्तुका निमबहादुर मिदुङ हुनुभयो । 

फाइनलमा कपिलवस्तुले बुधबार अभिषेक चर्च रजहर नवलपुरसँग प्रतिस्पर्धा गर्ने छ ।