• २० चैत २०८१, बुधबार

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीको विजयी सुरुवात

blog

पहिलो खेलमा प्रतिस्पर्धा गर्दै कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी । तस्बिर : गोरखापत्र

लीलाधर वली 

घोराही, फागुन २५ गते । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ । 

दाङको लमहीस्थीत देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हरायो । जितका लागि एक सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश २१ ओभरमै सवै विकेट गुमाउदै केवल ७६ रनमा समेटिएको थियो । 

टस जितेर पहिले ब्याटिङ गरेको कर्णली प्रदेशले अर्जुन घर्तीको ७१ रनको योगदानमा एक सय ५५ रन बनाएको थियो । कर्णालीका लागि दिनेश अधिकारीले १७ र दिवान पुनले १२ रन बनाउनुभयो । 

बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले चार, नारायण जोशीले दुई तथा शेर मल्ल, मिलन बोहोरा, भोजराज भट्टले एक एक विकेट लिनुभयो । सोमबार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच प्रतिस्पर्धा हुनेछ ।