• १४ पुस २०८२, सोमबार

विद्यार्थीलाई न्यानो कपडा सहयोग

blog

विद्यार्थीलाई न्यानो कपडा वितरण गरिदै । तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू 

फुङलिङ, पुस १३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा –३ मा अवस्थित फुङलिङ आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । आइतबार विसं २०५५ को भानु माविको एसएलसी ब्याचका विद्यार्थीहरूले विद्यालयका २० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । 

शैलेन्द्र थेबे, दीपक घिमिरे, रमेश गौतम, केबल मादेन,  किरण मादेन, नरेन्द्र मादेन, मिलन गुरुङ लगायत देश बाहिर रहेका अन्य साथीहरू मिलेर विद्यार्थीको लागि न्यानो कपडा ट्रयाक सुट, सुइटर र झोला गरी करिब ६० हजार बराबरको सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक हर्क पालुङवाले जानकारी दिनुभयो । 

विद्यार्थीलाई जाडोमा न्यानो भइ पढाईमा सहजता होस् भन्ने उद्देश्यले न्यानो कपडा र किताब बोक्न सहज होस् भन्ने उद्देश्यले झोला वितरण गरिएको किरण मादेनले बताउनुभयो । कार्यक्रममा प्रधानाध्यापक पालुङवाले बालबालिकाहरूलाई सहयोग गर्नुभएको भन्दै सहयोगी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।