सिद्धार्थनगरमा सुधारिएको चुल्हो दिइने
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) र नेपाल ट्रेजर कार्वन लिमिटेडबिच नगरका ग्रामीण तथा परम्परागत चुल्हो प्रयोग गर्दैआएका घरपरिवारमा सुधारिएको चुल्हो बितरण गर्ने सम्झौता भएको छ ।
जिप दुर्घटनामा एकको मृत्यु
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मालारानी गाउँपालिका–२ कुभिन्डेमा जिप दुर्घटना हुँदा चालक मालारानी २ बस्ने कृष्णलाल मरासिनीको बुधबार मृत्यु भएको हो।
घोराही–घोरदौरा मार्ग : स्तरोन्नतिको काम हुँदै
दाङको घोराहीमा पर्यटन मार्गको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । घोराही उपमहानगरपालिका–१८ अन्तर्गत घोराही–घोरदौरा सांस्कृतिक डबली पर्यटन सडकको स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।
किशोरीमा रक्तअल्पता परीक्षण
प्युठान जिल्लाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने किशोरीको रक्तअल्पता परीक्षण गर्ने काम थालिएको छ । लुम्बिनी प्रदेश सरकारको रक्तअल्पता परीक्षण कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय प्युठानले विद्यालयमा पुगेर किशोरीको रक्तअल्पता परीक्षण गर्दै आएको छ ।
दृष्टिविहीन आमा छोरासँगै विद्यालय
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ बस्ने बुद्धिमती विश्वकर्मा दृष्टिविहीन हुनुहुन्छ ।
वनमा दिउँसोदेखि डढेलो, अझै नियन्त्रण बाहिर
पाल्पाको रिव्दीकोटस्थित दुई सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलबार दिउँसोदेखि लागेको डढेलो नियन्त्रणमा आउन नसकेको स्थानीयले जनाएका छन् ।
विधि र प्रक्रियाअनुसार विकास निर्माणको योजना माग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया अनुसार विकासका योजना माग गरे सहज हुने बताउनुभएको छ।
सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने काममा सरकार गम्भीरतापूर्वक लागेको बताउनुभएको छ।
आँखा अस्पताल भवनको शिलान्यास
राप्ती आँखा अस्पतालमा शल्यक्रिया भवनको शिलान्यास गरिएको छ । भारतीय दुतावास, तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको संयुक्त लगानीमा भवन निर्माण हुन थालेको हो ।
गुइँठा भण्डारण गर्दै कृषक
पश्चिम तराईका किसानहरू खाना पकाउन गुइँठा भण्डारण गर्न थालेका छन् । विशेषगरी वर्षाको समयमा दाउरा अभाव हुनेभएकाले किसानहरू अहिलेदेखि दाउराको विकल्पको रुपमा गुइठा बनाउने गर्दछन् ।
बर्दियामा मरेको अवस्थामा भेटियो पाटे बाघ
बर्दियामा एक भाले पाटे बाघ मरेको अवस्थामा फेला परेको छ। गुलरिया नगरपालिका वडा नम्बर १२ मा रहेको भवानी सामुदायिक वनमा भाले पाटेबाघ मरेको अवस्थामा फेला परेको हो।
घरमै पुगेर हात्तीपाइलेको औषधी खुवाउँदै स्वास्थ्यकर्मी
१३ पटकसम्म हात्तीपाइले रोगविरुद्धको ‘आम औषधी’ सेवन अभियान असफल भएपछि बाँकेमा १४औं पटक सुरु गरिएको सो अभियानलाई प्रभावकारी बनाउन राति घर घरमा पुगेर औषधी खुवाउन थालिएको छ।
तराई मधेश जागरण अभियानले राष्ट्रिय एकता बलियो बन्याे : प्रचण्ड
उहाँले यो अभियानले गर्दा मधेशी समुदायसँग माओवादीको सम्बन्ध सुदृढ, विस्तार र सुमधुर हुनुका साथै मधेशका जनताका समस्याहरू समेत नजिकबाट बुझ्ने अवसर मिलेको जनाउनुभयो ।
गृहमन्त्री लेखकद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण
नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ ।
शिक्षक आन्दोलन बलियो भएमा उपलब्धि पनि बलियो हुन्छ : अध्यक्ष सुवेदी
नेपाल शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलन बलियो भएमा उपलब्धिहरू पनि बलियो हुने बताउनुभएको छ ।
केसी दम्पतीद्वारा ३५ लाख बराबरको जग्गा दान
नौबहिनी गाउँपालिका वडा ६, बाहानेका व्यवसायी शङ्कर केसी र शकुन्तला केसीले ३५ लाख मूल्य बराबरको व्यावसायिक जग्गा उद्योग वाणिज्य सङ्घ, बाहाने बजार क्षेत्रलाई निःशुल्क दान गर्नुभएको छ । केसी परिवारले २०४८ सालमा जग्गामा व्यवसाय सुरु गर्नुभएको थियो ।
विदेशमा कमाएको भन्दा फूलखेतीबाट धेरै आम्दानी
घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा अहिले पनि सयपत्रिका फुल ढकमक्क फुलेका छन् । उहाँ बेमौसमी समयमा पनि फूल, माला बिक्री गर्न व्यस्त हुनुहुन्छ ।
कुमाल बस्तीका छ घरगोठ आगलागीबाट नष्ट
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको छचुवाका आगलागीपीडित घर, गोठ जलेपछि खुला आकाशमा रात काट्न बाध्य भएका छन् । यहाँको कुमाल बस्तीको छ घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएपछि उनीहरु खुला आकाशमा रात बिताउन बाध्य भएका हुन् ।
सूर्यमुखी खेती
दाङ, फागुन २० गते । दाङको घोराही उपमहानगरपालिका १६ स्थित मघै गाउँमा व्यावसायिक रुपमा गरिएको सूर्यमुखी खेती । राम्रो उत्पादन हुने भएपछि पछिल्लो समय यस भेगका किसानहरु व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षित भएका छन् । तस्बिरः रासस
पक्की पुल निर्माण हुँदै
जिल्लाको पूर्वखोला गाउँपालिकामा एकै पटक दुई वटा पक्की पुल निर्माण सुरु भएको छ ।
मदन भण्डारी राजमार्ग : स्तरोन्नति तीव्र गतिमा
मदन भण्डारी राजमार्गको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । गुल्मीको रिडी–तम्घास सडकखण्ड ट्र्याक खुलेको ४३ वर्षपछि स्तरोन्नति भइरहेको हो । सडकको २५ किलोमिटर क्षेत्रमा अहिले स्तरोन्नतिको काम भइरहेको कार्यालयले जनाएको छ ।
गल्धाफाँट र कठैडाँडा जोड्ने पुल शिलान्यास
जिल्लाको निस्दी गाउँपालिका–५ स्थित निस्दी खोलामा पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ । गल्धाफाँट र कठैडाँडा जोड्ने गरी निस्दी खोलामा निर्माण हुने पुलको सोमबार शिलान्यास गरिएको हो ।
मातृभाषा सिक्दै कुसुन्डा
दाङ, राजपुर गाउँपालिका–७ निवासी बालाराम कुसुन्डा ३७ वर्ष पुग्नुभयो तर उहाँलाई अहिलेसम्म मातृभाषा बोल्न आउँदैन । “म कुसुन्डाको छोरा हुँ तर आफ्नै भाषा बोल्न, लेख्न जान्दिनँ,” उहाँले भन्नुभयो, “त्यसैले प्युठान आएर भाषा सिक्दै छु, आफ्नो भाषा जान्नुपर्ने रहेछ ।”
प्रकृतिलाई न्याय दिलाउँछौँ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाउनुभएको छ ।