अदानचुली (हुम्ला), असार २३ गते । कर्णाली करिडोरको भिडगौडमा एम्बुलेन्स दुर्घटना भएको छ । एम्बुलेन्समा रहेका चार जना सहजै उत्रे पनि चालक भने दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।
चालकले उकालो कटाउन नसक्दा एम्बुलेन्स अनियन्त्रित भई करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब निरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
हुम्लाको खार्पुनाथ गाउँपालिकाको बा २ झ ४५८० नम्बरको एम्बुलेन्स गाउँपालिका आउँदै गर्दा दुर्घटनामा परेको हो । एम्बुलेन्स चालक अन्दाजी ३६ वर्षीय जङ्ग शाही घाइते हुनुभएको र हाल जिल्ला अस्पतालको सघन कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस