छत्रकोटमा राष्ट्रपति रनिङ शिल्ड हुने
गुल्मीको छत्रकोट गाउँपालिकाले सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
'खानेपानीको अभाव हुन दिने छैनौँ'
तानसेन खानेपानी उपभोक्ता समिति तानसेन पाल्पाले पछिल्लो समयमा नगरका कुनै पनि घर होटल व्यवसायी, सर्वसाधरण, संघ संस्था, अस्पताललाई पानीको अभाव हुन नदिने गरी काम गर्न थालेको जानकारी दिएको छ ।
बर्दिया अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिनको अभाव
बर्दियाका विभिन्न स्वास्थ्य संस्थामा रेबिज विरुद्धको भ्याक्सिनको अभाव भएको छ ।
भैरहवालाई थप सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
सिमावर्ती सहर भैरहवालाई थप सुरक्षित बनाउन अत्याधुनीक विद्युतीय प्रणाली जडान गरिएको छ । रुपन्देही सदरमुकामा समेत रहेको भैरहवालाई व्यवस्थित र सुरक्षीत बनाउन सिद्धार्थनगर नगरपालीकाले अत्याधुनिक विद्युतीय प्रणाली ‘अटोमेटिक नम्बर प्लेट रिकोनाइजेशन सिस्टम’ (एएनपिआर) जडान गरेको हो ।
छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै
जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ । गाउँपालिका–३ स्थित देवालय मन्दिरबाट देवीभगवती मन्दिरसम्म पुग्नेगरी जिपलाइन निर्माण गरिएको हो ।
मौलिक पोसाकमा सजिएका थारू युवती
दाङ, पुस ११ गते । दाङको घोराही उपमहानगरपालिका ९ स्थित श्री नरदेवी माध्यमिक विद्यालयको बुधबार आयोजित ६८ औँ वार्षिकोत्सव समारोहमा मौलिक पोसाकमा सजिएका थारू युवती । तस्बिरः रासस
घाँसको जोहो
पाल्पा, पुस ११ गते । पाल्पा रामपुरको स्थानीय जङ्गलबाट घाँसको भारी बोकेर रामपुर नगरपालिका ५ बेझाडस्थित घरतर्फ जाँदै गरेका स्थानीय । तस्बिरः रासस
पुथा हिमाल
रुकुम पूर्व, पुस ११ गते । मारिङबाट देखिएको रुकुम पूर्वको सबैभन्दा अग्लो पुथा हिमाल । यसको उचाइ सात हजार २ सय ४६ मिटर छ । तस्बिरः रासस
मह प्रशोधन गर्दै महिलाहरु
दाङ, पुस ११ गते । दाङको घोराही उपमहानगरपालिका–१३ मौलकोटमा मौरीको मह प्रशोधन गर्दै महिलाहरु । दश वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन गर्नुभएका घोराही (१३ डुम्मरगाउँका सिरबहादुर पुनले मौलाकोटमा चिउरीको मह उत्पादनका लागि एक सय पचास घार मौरी चरनका लागि राख्नुभएको छ । तस्बिरः रासस
स्वास्थ्यकर्मी तलबविहीन
पाल्पाको रामपुर अस्पतालमा कार्यरत २६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले पाँच महिनादेखि तलब पाएका छैनन् ।
वनको क्षेत्रफल बढ्यो कृषिको घट्यो
लुम्बिनी प्रदेशमा वनको क्षेत्रफल बढेर ५४.७ प्रतिशत पुगेको छ ।
संविधान संशोधन गर्न आन्तरिक गृहकार्य
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्था टिकाउन सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताउनुभएको छ ।
बाघ अवलोकन गर्न जङ्गल सफारी
बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै सबैभन्दा कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा बाघलगायतका जङ्गली जनावर अवलोकनका लागि जङ्गल सफारी खुला गरिएको छ ।
अङ्ग्रेजी, विज्ञान र गणित विषयका शिक्षक अभाव
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषयका शिक्षकको अभाव देखिएको छ ।
उपप्रधानमन्त्री सिंहद्वारा मेलाको अवलोकन : औद्योगिक विकासमा टेवा पुग्ने विश्वास
उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवलको औद्योगिक व्यापार मेला अवलोकन गर्नुभएको छ ।
सन्तुलित विकासका लागि समन्वय र सहजीकरण
जिल्ला समन्वय समिति गुल्मीले सन्तुलित विकासका लागि समन्वय र सहजीकरण गर्ने भएको छ ।
बाँकेमा मेयर कप फुटबल माघमा हुने
बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा हुने मेयर कप पुरुष फुटबल प्रतियोगिता माघ महिनामा हुने भएको छ ।
लुम्बिनीका पहाडी जिल्लालाई कफि हव बनाउन पहल
लुम्बिनी प्रदेश सरकारले पहाडी जिल्लालाई कफिको हवको रूपमा विकास गर्न पहल सुरु गरेको छ ।
अटो दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
दाङको देउखुरीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । गढवा–कोइलावास सडक खण्डअन्तर्गत गढवा गाउँपालिका –५ कक्रहवामा बुधवार दिउँसो करिव २ बजेतिर भैसहवादेखि कोइलाबासतर्फ जाँदै गरेको रा १ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
लुम्बिनी कप महिला फुटबलमा आठ टिम
लुम्बिनी कप महिला फुटबल आगामी फागुन १९ गतेदेखि नेपागन्जमा हुने भएको छ ।
पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह गर्नुभएको छ ।
तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण
गुल्मीको रेसुङ्गा नगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ को हालसम्म तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । १६ औं नगरसभामा नगरप्रमुख खिलध्वज पन्थीले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्षको प्रगति विवरणअनुसार कुल तीन हजार ७७३ जनालाई तीन करोड ५२ लाख ८० हजार ११६ रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
रगत अभाव टार्न रक्तदान
बाँकेमा देखिएको रगत अभाव कम गर्न विभिन्न सङ्घसंस्थाले रक्तदानका कार्यक्रम आयोजना गरेका छन्।
‘लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेसिन ल्याउँछौं’
लुम्बिनी प्रादेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई मेसिन ल्याएर छाड्ने दाबी गर्नुभएको छ।