• २० फागुन २०८१, मङ्गलबार

बुवाको कुटाइबाट छाेराको मृत्यु

blog

रेखीराम राना

तानसेन, फागुन १९ गते । पाल्पामा बुवाकाे कुटाइबाट एक जनाको मृत्यु भएको छ । बुवा र दिदीकाे कुटाइबाट मृत्यु हुनेमा जिल्लाको बगनासकाली गाउँपालिका–२, पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमाल छन् । 

गएको फागुन १५ गते घरायसी विषयमा तीन जनाबिच झगडा भएको थियो । आपसी झैझगडा हुँदा ६३ वर्षका मृतकका बुवा शेरबहादुर र ४५ वर्षकी दिदी देवी कुमालले यज्ञलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न बुवा र दिदीलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ । 

बुवा र दिदीको कुटाइबाट यज्ञ बेहोस भएका थिए । बेहोस भएपछि श्रीमतीले उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।