काठमाडौँ, असार २४ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ सात पैसा र बिक्रीदर १३७ रुपियाँ ६७ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ७३ पैसा र बिक्रीदर १६१ रुपियाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ५८ पैसा र बिक्रीदर १८७ रुपियाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ९२ पैसा र बिक्रीदर १७२ रुपियाँ ६७ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ १० पैसा र बिक्रीदर ८९ रुपियाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ३१ पैसा र बिक्रीदर १०० रुपियाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ १७ पैसा र बिक्रीदर १०७ रुपियाँ ६४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ११ पैसा र बिक्रीदर १९ रुपियाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५५ पैसा र बिक्रीदर ३६ रुपियाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६१ पैसा र बिक्रीदर ३७ रुपियाँ ७७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २१ पैसा र बिक्रीदर चार रुपियाँ २२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ३२ पैसा र बिक्रीदर ३७ रुपियाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३७ पैसा र बिक्रीदर ३२ रुपियाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ दुई पैसा र बिक्रीदर १० रुपियाँ सात पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४० पैसा र बिक्रीदर १४ रुपियाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५४ पैसा र बिक्रीदर २१ रुपियाँ ६४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४६ पैसा र बिक्रीदर १७ रुपियाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपियाँ ८८ पैसा र बिक्रीदर ४५० रुपियाँ ८४ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपियाँ ६१ पैसा र बिक्रीदर ३६५ रुपियाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ तीन पैसा र बिक्रीदर ३५७ रुपियाँ ५८ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस